माओवादी खेलकुद महासंघको हरिबिजोग, पेरिस डाँडामै प्रचण्डको अपमान, युवराज लामा भागे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७२ फाल्गुन २७, बिहीबार) ०५:०९

एमाओवादीनिकट अखिल नेपाल खेलकुद महासंघभित्रको विवाद चर्किएर गएको छ । गत फागुन २३ एमाओवादी अध्यक्ष प्रचण्डले टिकेप्रथाबाट नयाँ नेतृत्व छनोट गर्न खोजेपछि महासंघको विवाद सतहमा आएको हो । फागुन २३ गते महासंघको पहिलो राष्टिय सम्मेलन कार्यक्रममा प्रचण्डले एकलौटी रुपमा युवराज लामालाई अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष घोषणा गरेपछि यसको विरोधमा एमाओवादी पार्टी कार्यालय पेरिस डाँडामा चर्को नाराबाजी नै भयो । यति मात्रै होइन, आफ्नै हेर्डक्वार्टरमा स्वयं प्रचण्ड नै अपमानित हुन पुगेका छन् ।

प्रचण्डले युवराज लामाको नामबाहेक अन्य नाम सुनाउन नपाउँदै सहभागीहरुले टिके प्रथा मूर्दावाद जस्ता नारा उक्त कार्यक्रममा लगाएपछि कार्यक्रमस्थल आन्दोलनमय भएको थियो । यति मात्र होइन सहभागीले टिकेप्रथाको विरोध गर्दै कार्यक्रम हल नै छाडेपछि प्रचण्ड प्रमुख अतिथि रहेको कार्यक्रम हल नै रित्तिएको थियो । “प्रचण्डले एकलौटी ढंगले खेलकुद महासंघ बनाउन खोजेपछि ठूलो लफडा भयो”, कार्यक्रममा सहभागी एक खेलाडीले भने, “सहभागीले हल नै छाडेपछि प्रचण्डले आफ्नै पार्टी कार्यालयमा अपमानित महसुस हुनु पर्यो ।”
खेलाडीहरुले तीव्र रोष प्रकट गरेपछि प्रचण्ड पछि हटेका थिए । विरोधपछि प्रचण्डले अन्य नाम नै पढ्न सकेनन् । लगत्तै कार्यक्रम सञ्चालक शिव कोइरालाले कार्यक्रम स्थगित भएको घोषणा गरेपछि नयाँ कार्यसमिति चयन गर्न नपाउँदै कार्यक्रम रोकिएको थियो ।
युवराज लामा नै भागे

स्रोतका अनुसार कार्यक्रममा सहभागीहरुले आफ्ना विरुद्द चर्को नाराबाजी गरेपछि युवराज लामा कार्यक्रम स्थल छाडेर हिँडेका थिए । कार्यक्रममा सहभागी एक खेलाडीले लाच पचाउन नसकेर कार्यक्रममा नबसी युवराज लामा भागेको बताए । युवराज भागेपछि अन्त्यमा बलदेवले कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए ।
अध्यक्षका अर्का दावेदार शिव कोइराला(ज्वाला) लाई अखबार दैनिकले सम्पर्क गर्दा उनले पार्टीको आन्तरिक समस्या भएको भन्दै यसबारे कुनै प्रतिक्रिया दिन मानेनन् । “यो पार्टीको आन्तरिक समस्या हो, यसबारे अहिले नबोलौं”, यसबारे अखबार दैनिकले राखेको जिज्ञासामा कोइरालाले भने । उनले यस विवाद टुंग्याउन छलफल जारी रहेको र छलफलबाटै निकास निस्कने दाबी गरे ।
खासगरी युवराज लामा सदस्य सचिव हुँदा माओवादी कार्यकर्ता तथा खेलकुदकर्मी माथि अन्याय गरेको भन्दै रुष्ट छन् । छैठौँ राष्ट्रिय गेममा लामाले अनियमितता गरेको आरोप लगाउँदै महासंघका खेलाडीले लामालाई निषेध जस्तै गर्दै आइरहेका छन् ।

कसलाई खेलकुद महासंघको जिम्मा दिन चाहन्छन् माओवादी खेलाडी ?

माओवादीनिकट खेलकुद महासंघमा युवराज लामाको विकल्पमा शिव कोइराला ज्वालाको चर्चा छ । खेलाडीबाट बढी रुचाइएका र इमान्दार छविका भएका कारण कोइराला छनोटमा परेको बताइन्छ । खेलाडीहरुले लामाको विकल्पमा कोइरालालाई प्रस्तुत गर्दै आइरहेको बताइन्छ । तर, प्रचण्डको स्वार्थको कारण खेलाडीको चाहनामाथि प्रहार हुँदै आएको स्रोत बताउँछ ।


(२०७२ फाल्गुन २७, बिहीबार) ०५:०९ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro