प्रहरीमा सुरक्षा माग्न गएका विद्यार्थीमाथि सडकमा निर्मम कुटपिट (भिडियो सहित)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख १३, शनिबार) १६:३२

सहकर्मी सुरक्षाको माग गर्दै कीर्तिपुर प्रहरी कार्यालय गएका विद्यार्थीलाई अज्ञात समूहले कुटपिट गरेको छ । बीच सडकमा लडाएर विद्यार्थीहरुलाई टाउकोमा कुल्चेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

निर्घात कुटाइ खाने विद्यार्थी त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अध्ययनरत ललितजंग रावत रहेको बुझिएको छ । उनलाई अहिले स्काउटले उद्धार गरेर अस्पताल पठाएको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायाण श्रेष्ठले बताए ।

माजवादी विद्यार्थी युनियनका अध्यक्ष श्रेष्ठका अनुसार, राहत वितरणको विषयमा केही दिनअघि भएको विवादपछि आफ्ना सहकर्मीको सुरक्षा माग गर्दै विद्यार्थीहरु महानगरीय प्रहरी कीर्तिपुर पुगेका थिए।  प्रहरी परिसरमा आफना कुरा राखेर फर्कनै लाग्दा उनीहरुमाथि शनिबार बिहान ९ बजे कुटपिट भएको थियो ।

काठमाडौं प्रहरी परिसर कीर्तिपुर वृत्तका डीएसपी छेदिलाल कामदीले लकडाउन उल्लंघन गर्दै केही युवाहरु सडकमा निस्किएको र आपसमा भिडेको बताए । उनले भने, ‘स्थानीयवासीले झगडा भएको खबर गर्नासाथ हामी त्यहाँ पुगेका थियौं तर हामी जाँदा त्यहाा कोही थिएनन् ।’

स्थानीय विद्यार्थीहरुले भने राहत माग्नेहरुलाई उच्छृङ्खल युवाको समूहले कुटपिट गरेको बताएका छन् ।सो आक्रमण किर्तिपुर नगरपालिकाका मेयरद्वारा परिचालित गुण्डाहरु भएको हुन सक्ने अनुमान गरिएको छ।

 


(२०७७ बैशाख १३, शनिबार) १६:३२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना