राहत वितरण गरिरहेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउपुर्जी बिना पक्राउ, लक डाउन उल्लङ्घन गरेको आरोप

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख १०, बुधबार) ०५:४०

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ परेको छ । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाट उनलाई मंगलबार राती पक्राउ गरेको हो । शाही आफनी निवासमा बसिरहेका बेला महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो।  पक्राउ गर्ने बेला प्रहरीले उनलाई पक्राउपुर्जी नदिएको बताइएको छ।

प्रहरी नियन्त्रणमा रहेका शाहीले आफुले राहत बितरण गरेकाकारण पक्राउ गरिएको बताउदै ‘राहत वितरण गर्नुलाई गलत ठानिएकोमा  दु:ख व्यक्त गरेका छन्।

लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक बहादुर राईले जानकारी दिए । लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


(२०७७ बैशाख १०, बुधबार) ०५:४० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना