औषधि लिएर फर्किएका मानिसमाथि प्रहरीद्वारा निर्मम कुटपिट (भिडियो सहित)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख ५, शुक्रबार) ००:५५

औषधि लिएर फर्कदै गरेका तीन जनालाई प्रहरीले लाठी भाँचिने गरी निर्मम तरीकाले कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ।

काठमाडौंको कलंकीमा औषधि लिएर घर फर्कदै गरेका तीन जनालाई प्रहरीले निर्मम तरीकाले लाठी प्रहार भएको भिडियो सार्वजनिक भएको हो।  सो भिडियो हेल्थपाटी नामको युत्युब च्यानलले सार्वजनिक गरेको हो।

सार्वजनिक भिडियोमा देखिए अनुसार, एक पुरुष र दुई महिला औषधिको पोका लिएर हिंडिरहेको अवस्थामा प्रहरीले सोधपुछ गरेको देखिन्छ।  सोही क्रममा पुरुष व्यक्तिले आफुहरुले औषधि लिएर आएको र आवस्यक परे रसिद पनि देखाउन सकिने बताएको प्रष्ट सुनिन्छ।  त्यही क्रममा अगाडिका एक प्रहरीले ती युवकलाई लाठीले पेटमा घोच्छन।  त्यसपछि आक्रोशित युवाले ‘ल पिट’ भन्दै आक्रोश पोख्छन।  त्यसपछि प्रहरीको टोलीले उनीहरुमाथि अन्धाधुन्ध लाठी प्रहार गर्छन।  त्यही क्रममा एक जना प्रहरीको लाठी भाञ्चिएको प्रस्ट देखिएको छ।  त्यसपछि मात्र प्रहरीले मानिस पक्राउ गर्ने मेशिन प्रयोग गरेर एक जना युवतीलाई समात्न खोजेको त्यस भिडियोमा प्रष्ट देखिन्छ।

महानगरीय प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले सर्वसाधारणमाथि कुटपिट त्यसरी कुटपिट गरेको हो ।

नगर प्रहरीका प्रमुख डीएसपी पवन भट्टराईले घटनाबारे आफूले पनि जानकारी पाएको बताउँदै लाठी चार्ज गर्नुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा जानकारी लिने काम भइरहेको बताए ।

बुधबार राति पनि महाराजगञ्जमा लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सकलाई कुटपिट गरेको आरोप लागेको थियो । घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्याल्य, रानीपोखरीले एसएसपी किरण बज्रचार्यको नेतृत्वमा छानविन समिति बनाएको छ ।


(२०७७ बैशाख ५, शुक्रबार) ००:५५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना