जुम्लामा वितरित राहत प्याकेजमा दुई बर्ष अघि नै म्याद गुज्रिएका आयो नुन, खाने कि नखाने जनता अन्यौलमा, वितरण रोक्न प्रशासनको आदेश

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र ३०, आईतवार) ०४:५७

राहत वितरणका नाममा जुम्लाका स्थानिय तहमा दुईवर्ष अघि नै म्याद गुज्रेका नुनका पोकाहरु वितरण गरिएको भेटिएको छ।

कोरोना महामारीकाकारण जनतालाई परेको मर्कामा राहत दिन भनि जुम्लाको हिमा गाउँपालिकाले वितरण गरेका नुनका पोका दुइ वर्ष अघि नै म्याद गुज्रेको पाइएको हो।  आफुहरुलाई म्याद गुज्रेको नुन वितरण गरिएकोमा स्थानीय बासिन्दाले चर्को बिरोध गरेका छन्।  जनताको स्वास्थ्यमा खेलवाड गरी म्याद गुज्रेका नुन बिक्री वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेसन तथा जनप्रतिनिधि समेतलाई कारबाही हुनुपर्ने उनीहरुको  छ।

हिमा गाउपालिकामा राहत वितरण कार्यक्रम
हिमा गाउपालिकामा राहत वितरण कार्यक्रम

त्यसो त नुन नपाएका स्थानीय जनता म्याद गुज्रिएका नुन प्रयोग गर्ने कि नगर्ने भन्नेमा अन्यौलग्रस्त नै छन्।  राहत वितरण गर्ने पक्षले नुनको म्याद कहिल्यै सकिदैन भन्दै वितरण गरिरहेका छन् पनि। मिति गएको नुन पनि खानचाहिँ मिल्छ भनेर कसैले भनेका छन् भने कसैले मिल्दैन भन्दै आ-आफ्नो राय प्रस्तुत गरिरहेका छन्।

खाद्य संस्थानबाट चामल र साल्ट ट्रेडिङ कर्पोरेसनबाट नुन खरिद गरेर जुम्लाका सबै गाउँघरमा स्थानीय सरकारले वितरण गरिरहेका छन्।  त्यसमध्ये हिमा गाउँपालिकाले २३ सय घरधुरीमा प्रति घरधुरी २५ केजी का दरले राहत वितरण गरिरहेको छ।

हिमा गाउपालिकामा गएको  २७ गते राहत प्याकेजमा सम्मिलित आयोडिनयुक्त नुनको पोकाको म्याद गुज्रेको भेटिएको हो।  दुई वर्षभित्र उपयोग गरिसक्नुपर्ने भनि सुचना लेखिएका ती नुनका पोकामा ‘उत्पादन मिति कुनैमा सन् २०१६ र कुनैमा २०१७ लेखिएको छ।

हिमा गाउपालिकामा वितरित म्याद गुज्रिएका नुनक पोका

हिमा गाउपालिकाले त्यो नुन साल्ट ट्रेडिङ कर्पोरेसन नराकोट शाखा जुम्लाबाट खरीद गरिएको जानकारी दिएको छ। आफुहरुले नुन साल्ट ट्रेडिङ कर्पोरेसन नराकोट शाखाबाट खरीद गरेकाले त्यसको गुणस्तरका बारेमा साल्ट ट्रेडिङ कर्पोरेसनले नै  लिनुपर्ने भनाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर बुढाको रहेको छ। हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले भने स्थानीय प्रशासनले म्याद नाघेको नून वितरण कार्य तत्काल रोक्न भनेपछि अहिले वितरण गरिएको छैन ।

हिमा गाउपालिकाले मात्र हैन, सिञ्जा गाउँपालिका, कनकासुन्दरि लगायत आठै ओटा स्थानीय तहले यही म्याद गुज्रिएको नुन राहतको रुपमा वितरण गर्ने तयारी गरिरहेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनको सिञ्जा गाउँपालिकाको नराकोट डिपोले यहाँका उपभोक्तालाई पनि यही नुन बिक्री गर्दै आइरहेको छ।

म्याद गुज्रिएको नुन बारे जिल्ला प्रशासन कार्यालय जुम्लाको पत्र

यसैबीच जिल्ला प्रशासन कार्यालय जुम्लाले म्याद नाघेको आयोडिनयूक्त नून वितरण भएको विषयमा साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय सिंजा, जुम्लालाई लिखित जवाफ दिन आदेश गरेको छ । म्याद नाघेको नुनमा आयोडिनको गुणस्तरको अवस्थासहित सत्य तथ्य लिखित जवाफ दिन प्रशासनले आदेश गरेको हो ।

विश्वभर फैलिदो कोरोना भाइरस(कोभिड–१९) त्रासमा देशमा राज्यले लकडाउन भएपछि दैनिक उपभोग्य बस्तु राहत वितरण गर्ने क्रममा हिमा गाउँपालिकाले म्याद नाघेको नून वितरण भएको प्रशासनमा उजुरी परेपछि तत्काल म्याद नाघेको नून वितरणमा प्रशासनले रोक लगाएको छ ।

म्याद नाघेको नून वितरण भएको मौलिक र लिखित उजुरी प्रशासनमा आएपछि सम्वन्धित बस्तु स्थितिको शुक्रबार अनुगमन गर्दा हिमा गाउँपालिका – १ का नरेन्द्र विक र बबरजंग शाहीको घरमा प्राप्त भएको नूनको उत्पादन मिति क्रमश सन् २०१६ र २०१७ भएको र सोही नूनको प्याकेटमा दुई बर्षसम्म नून प्रयोग गर्न बेश लेखिएको पाएइएको थियो ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन् ‘वितरण गरिएको म्याद नाघेको नूनले मानव स्वास्थ्य असर गर्छ या गर्दैन पत्र प्राप्त भएको मितिले तीन दिन भित्र नूनको गुणस्तर सत्य तथ्य आधिकारिक सुनिश्चित गरी लिखित जवाफ दिन’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय सिंजा, जुम्लालाई आदेश गरिएको छ । वितरित नूनका कारणले सार्वजनिक शान्ति सुरक्षा खलल पु¥याउने सम्भावना देखिएकोले तत्कालिन नून वितरण गर्न रोक लगाएको उनले बताइन् ।

साल्ट ट्रेडिङको यो नुनलाई उपभोक्ताले शंका मानेमा ल्याब परीक्षण गराउन तयार भएको र शंका लागेका उपभोक्ताले नुन प्रयोग नगर्न भनेर डिपोका प्रमुख खगेन्द्र मल्लले गाउँपालिकाहरुलाई पत्र पठाएका छन्।


(२०७६ चैत्र ३०, आईतवार) ०४:५७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना