कोरोना भाइरस अमेरिकाले उत्पादन गरेको जैविक हतियार भएको राष्ट्रसंघका जैविक तथा रासयनिक हतियारका सल्लाहकारको दाबी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र २९, शनिबार) ११:४७

संयुक्त राष्ट्रसंघका जैविक तथा रासयनिक हतियारका सल्लाहकारले कोरोनाभाइरस अमेरिकाले उत्पादन गरेर चीनमा छाडिएको जैविक हतियार भएको दाबी गरेका छन् । राष्ट्रसंघका भूतपूर्व महासचिव कोफि अन्नानका जैवीक तथा र रासयनिक हतियारका सल्लाहकार इगोर निकुलिनले त्यस्तो दाबी गरेका हुन्। उनले अमेरिकासंग कोरानाभाइरसको अरु रुपान्तरित संस्करण पनि तयार गरेको बताएका छन् ।

कोरोना भाइरस प्राकृतिक भाइरस नभएको जिकिर गर्दै उनले चीनमा कोरोना देखा पर्नासाथ अमेरिकाले गणीतिय रुपमा फेब्रुअरी महिनासम्म २ लाख मानिस संक्रमित हुने र १ लाख मर्ने भविश्यवाणी गर्नु, भाईरसले फरक-फरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकि लाग्नु र कतै कुनै लक्षण नदेखिएर यसले मानिस मार्नु, एकपटक निको भइसकेका व्यक्तिहरुमा यो पुनः संक्रमित हुनुजस्ता तथ्यहरु अघि सारेका छन् ।

अमेरिका आफैले उत्पादन गरेको हतियारको शिकार भएको टिप्पणी गरेका बैज्ञानिक निकुलिनले चीनलाई लक्षित गरेर बनाईएको कोरोना भाइरसले यसको असर अमेरिकामासम्म आईपुग्ने सोँच नबनाएको आक्षेप लगाए।

उनले अमेरीकी राष्ट्रपति ट्रम्पले सुरुमा भाईरसले पुर्याउन सक्ने क्षतिका बारेमा विश्व स्वास्थ्य संगठन र चीनले दिएको चेतावनीलाई उडाउनुको कारण उनी यो भाईरसले अमेरिकामा असर गर्दैन भन्नेमा ढुक्क भएको बताए । चीन अनुसासित र दृढ संकल्प नभएको भए यो आक्रमणबाट स्वाहा हुने थियो भन्ने पनि उनको दाबी छ ।

चीनबाट सुरु हुनु संयोगमात्रै नभएको बताउँदै निकोलिनले बताए । उनले अमेरिकी गुप्तचर संस्था सिआईएले सन् २०१५ मा तयार पारेको रीपोर्टमा पनि सन् २०२० मा ठूलो महामारी पैदा हुने र त्यो चीनको सेरोफेरोबाट विकास हुने भविष्यवाणाी गरिएको छ । रिपोर्टमा महामारीपछि सन् २०२५ तिरको विश्वको तस्वीर प्रस्तुत गरिएको छ । यसले पनि के देखाउँछ भने कोरोना जैविक हतियारको रुपमा अ‍मेरिकाले तयार गरेको हो ।


(२०७६ चैत्र २९, शनिबार) ११:४७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना