लकडाउनका बेला वडाध्यक्षको गाडीबाट दुई थान बन्दुक र भारतीय नोट बरामद

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र २६, बुधबार) ०५:४८

लकडाउनका बेला कैलालीको गोदाबरी नगरपालिकाका एक वडाध्यक्षको गाडीबाट  दुई थान बन्दुक र भारतीय नोटहरु बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको गस्ती टोलीले दुई थान बन्दुक सहित गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीको गाडी कंचनपुरबाट नियन्त्रणमा लिएको जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिरबहादुर साहुका अनुसार, ससस्त्र प्रहरीको गस्ती टोलीले कन्चनपुरको साविक पहिले कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को बिचमा पर्ने पूर्वपश्चिम राजमार्गमा रोकिराखेको भारतीय नम्बर डिएल–३ सिसिआर ३९९७ को टोयटा फर्चुन गाडी नियन्त्रणमा लिएको थियो। पछि खानतलाशी गर्दा ‘गाडीमा प्वान्ट टुटु–एलआर थान–१ को बन्दुक, त्यसमा प्रयोग हुने १४ गोटा बुलेट(गोली) एक थान एयरगन र त्यसमा प्रयोग हुने एक सय ९६ गोटा छर्रा बरामद भएको थियो।  यस्तै गाडीबाट ८२ हजार नगद, मेघा बैँक, हिमालयन बैँक, एनआईसी एसिया बैँक, गरिमा विकास बैँक, आर बिएम इन्डियन बैँक, आईएमई बैकका एक–एक एटिएम कार्ड पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी उपरिक्षक साहुले बरामद गरिएका हतियार वैध भएपनि लकडाउनको समयमा हतियार लिएर हिड्ने अधिकार सर्वसाधारण कसैलाई नभएको स्पस्ट पारे।  बरामद गरिएको गाडी, हतियार सहितका सामान सशस्त्र प्रहरीले गुलरिया प्रहरीको जिम्मा लगाईएको जनाएको छ। शाही यसअघि धनगढीबाट २२ लाख सहित जुवा खालबाट पक्राउ परेका थिए।


(२०७६ चैत्र २६, बुधबार) ०५:४८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना