लकडाउनमा क्रिकेट नखेल्न भन्दा प्रहरीमाथि कुटपिट, प्रहरी हवल्दार घाइते, एक पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र १६, आईतवार) १८:०१

लकडाउनको समयमा क्रिकेट खेलिरहेको युवाहरुको समुहले बारामा प्रहरीमाथि कुटपिट गरेको छ । बाराको परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा क्रिकेट खेलिरहेको ८/९ जनाको समूहलाई सम्झाउने क्रममा उल्टै प्रहरीमाथि कुटपिट भएको हो ।

प्रहरीका अनुसार, लकडाउनको समयमा क्रिकेट नखेल्न सम्झाउँदा परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीका २७ वर्षका गणेशकुमार साहले प्रहरीलाई क्रिकेटको ब्याटले हिर्काएका थिए ।

ब्‍याटले लागेर एक प्रहरी हवल्दार घाइते भएका छन् । साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।


(२०७६ चैत्र १६, आईतवार) १८:०१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना