आयोजक सहारालाई पराजित् गर्दै प्रहरी सेमिफ़ाइनलमा, प्रहरीका क्याप्टेनले पाए रातो कार्ड

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन २५, आईतवार) १४:२२

विभागिय टोली नेपाल पुलिस क्लवले आयोजक सहारा क्लवलाई टाईबे्रकरमा पराजित गर्दै १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा पुलिसले सहारालाई टाईब्रेकरमा ४—२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

९० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक गोलको बराबरीमा खेल टुंगिए पछि, ३० मिनेटको अतिरिक्त समय दुबै तर्फ गोल हुन नसके पछि खेल निर्णायकको लागि टाईब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकरमा सहाराका विदेशी खेलाडी उलरिच राम्जे र त्रिदेव गुरुङले पेनाल्टी सुटआउटमा गोल गर्न चुकेसंगै यसपाली उपाधि जित्ने सहाराको यात्रा क्वाटरफाइनलबाटै टुंगिएयो । पुलिसको जितमा भरत शाह, सुजन राई, हेम तामाङ र सुमन सुवेदीले पेनाल्टी सुटआउनमा गोल गरे । पुलिसका अनुप लिम्बुको पेनाल्टी सुट सहाराका गोलरक्षक अर्पन कार्कीले उत्कृष्ट बचाउ गरे । सहाराका आसिस गुरुङ र अजय श्रेष्ठले पेनाल्टी सुटआउटमा गोल गरे । खेलको ७५ औं मिनेटमा पुलिसले सहारा बिरुद्ध एक गोल गर्यो । पुलिसका भरत शाहले करिब १५ यार्ड नजिक पाएको वललाई पोष्टमा दिशा दिदा टोलीले अग्रता लिएको थियो । खेलको अन्तिम केही सेकेण्डमा सहाराले चमत्कारि रुपमा गोल गरी खेल बराबरीमा पु¥यायो । सहाराका कप्तान मनबहादुर तामाङले दिएको क्रस वललाई सप्स्टिच्यूट खेलाडी अजल श्रेष्ठले उत्कृष्ट गोल गरे । श्रेष्ठ खेलको ९० औं मिनेटमा सुमित श्रेष्ठको स्थानमा मैदानमा छिरेका थिए । खेल सकिन अन्तिम एक मिनेट बाँकी छदा भने पुलिस १० खेलाडीमा सिमित भएको थियो । पुलिसका कप्तान भोला शिल्वालले दुई वटा पहेलो कार्ड पाएसंगै रेफ्रि प्रकाशनाथ श्रेष्ठले मैदान बाहिर पठाएका थिए । शिल्वालले खेलको ९० प्लस २ मिनेट (इन्जुरी समय) मा पहिलो पहेलो कार्ड पाएका थिए । खेलमा पुलिसका गोलरक्षक रोसन खड्का म्यान अफ दी म्याच घोषित भए । उनीसंग प्रतिकृया लिन खोज्दा उनको मोवाईल स्विच अफ भएको थियो ।

१ सय २० मिनेटसम्म विभागिय टोली पुलिससंग सामना गरेको सहाराले पेनाल्टी सुटआउनमा विदेशी खेलाडीबाटै गोल हुन नसक्दा हार व्यहोर्नुपर्यो । सहाराले पहिलो हापमा पुलिसलाई दबाबमा राख्न सफल भयो भने थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दबाबमा पार्यो । दोश्रो हापमा दबाबमा पारेको पुलिसले एक गोल गर्न सफल भयो । दुबै टिमका केही अवसरहरु खेर जादा खेलको निर्णय लिन टाईब्रेकरमा पुग्नु पर्यो ।

सहाराका प्रशिक्षक विष्णु गुरुङले आफु आफ्नो टिम प्रति निकै सन्तुष्टि भएको बताउदै पेनाल्टी सुटआउटमा प्राविधिक रुपमा नमिलेका कारण हार्नु परेको जनाए । पुलिसका प्रशिक्षक अनन्तराज थापा खेल सकिए पछि पत्रकारहरु संगको भेटघाट कार्यक्रममा कुनै प्रतिकृया दिन आएनन्।

यसैबिच, भोलि आइतबार दोश्रो क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङदी क्लव बिरुद्ध झापा ११ बिच खेल हुने भएको सहारा क्लवका महासचिब रामजी प्रसाद अधिकारीले बताए । झापा ११ ले एपिएफलाई पराजित गर्दै क्वाटरमा यात्रा बनाउदा मनाङले सिधै वाई पाएर क्वाटरमा यात्रा बनाएको हो ।


(२०७६ फाल्गुन २५, आईतवार) १४:२२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना