नेपाली भूमिमा चिनियाँ सीसी क्यामेरा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७२ फाल्गुन २७, बिहीबार) ०३:११

सरकारले चीनसँग किमाथांका नाका सञ्चालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाएको छ । नाका आसपास चहलपहल तीव्र भएपछि सतर्कता बढाएको हो । चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको  आजको अन्नपूर्णमा समाचार छ ।

केही समयअघिसम्म खुला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा दुई दिनमात्र खुला गर्ने गरिएको छ । चीन प्रशासनले नेपाली सुरक्षाकर्मीलाई देन्दाङ नगरमा निमन्त्राणा गरी सीमा सुरक्षाबारे सचेत बन्न आग्रह समेत गरेको छ ।

दुई महिनाअघि दन्दाङमा सीमा सुरक्षाचौकी किमाथांकाका सुरक्षा टोलीलाई निमन्त्रण गरी नेपालीलाई चीन प्रवेश गराउँदा अनिवार्य प्रहरीबाट पास उपलब्ध गराउन चीन प्रशासनले अनुरोध गरेको थियो । अहिले प्रहरीको पास नलिएका स्थानीय बासिन्दालाई चीन प्रवेश गर्न रोक लगाइएको छ । 


(२०७२ फाल्गुन २७, बिहीबार) ०३:११ मा प्रकाशित

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro