म्यानमारकी नेतृ आङ साङ सुकीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता


  • जनसंचार
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.9K
    Shares

आङ साङ सुकी

म्यानमारकी नेतृ आङ साङ सुकीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता गरिएको छ। सिटी अफ लन्डन कर्पोरेसनले प्रदान गरेको नोबेल शान्ति पुरस्कार बिहीबार फिर्ता लिएको हो ।

कर्पोरेसनले म्यानमारका रोहिंग्या मुसलमानप्रति गरिएको व्यवहारका लागि सुकीबाट सम्मान फिर्ता लिने निर्णय लिएको हो।

द सिटी अफ लन्डनले मतका आधारमा उनलाई तीन वर्ष अगाडि प्रदान गरिएको सम्मान फिर्ता लिने निर्णय गरेको हो।

गत डिसेम्बरमा द हेगको अन्तर्राष्ट्रिय अदालतमा (आईसीजे) उपस्थित सुकीले रोहिंग्या पीडितहरू विरुद्ध बलात्कार, आगजनी र सामूहिक हत्याको आरोपमा देशको बचाउ गरेकी थिइन्।

उनले हेगमा म्यानमारका सेनाहरूले नरसंहार गरेको नभइ रोहिंग्या मुसलमानहरूले दर्जनबढी प्रहरी चौकीमा गरेको आक्रमणको प्रतिकार गरेको भन्दै देशको सेनाको बचाउ गरेकी थिइन्।

उनले त्यसलाई आन्तरिक द्वन्द्व मामिला भएको बताउँदै सेनाको कदमबाट मानव अधिकारको उलङ्घन भएको भएपनि आमनरसंहारको स्तरमा नपुगेको बताएकी थिइन्।

उनको यो किसिमको बयानपछि द सिटी अफ लन्डनको यो निर्णय सार्वजनिक भएको हो।

उनलाई यो सम्मान प्रजातन्त्र, शान्ति, सुरक्षा र स्वतन्त्रताको पक्षमा उनले वर्षौदेखि गरेको गैर-हिंसात्मक लडाईंका लागि प्रदान गरिएको थियो।

सुकीसँगै यो सम्मानबाट विन्स्टन चर्चिल, नेल्सन मण्डेला तथा वैज्ञानिक स्टेफन हकिन्स सम्मानित छन्।

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij