एनआरएन युकेमा चार करोड अनियमितताको छानबिन माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई यूकेमा कालो झण्डा (भिडीयो)


  • जनसंचार
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 3.1K
    Shares

असन्तुस्ट एनआरएन युकेका पदाधिकारी

गैर आबासिय नेपाली संघ बेलायतमा भएको आर्थिक अपचलनको छानबिनको माग गर्दै गैर आबासिय नेपाली संघ अन्तररास्ट्रिय समिति (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको छ ।

वेलायतको अल्डरशटस्थित एम्पायर हलमा विहिवार साँझ आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सव समारोहमा सहभागी अध्यक्ष पन्तलाई कालो झण्डा देखाइएको हो । उक्त कार्यक्रमका प्रमुखअतिथि नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरन रहेका थिए ।

पन्त, साँझ ७ बजे संघका महासचिव डा. हेम राज शर्मा, युरोप उपसंयोजक कृष्ण तिमल्सीना, आइसीसी सदस्यहरु, संघका पदाधिकारी सहित कार्यक्रम स्थलमा पुगेका थिए । नवनिर्बाचित पुनम गुरुङ नेतृत्वको एनआरएनए युकेको नया कार्य समितिलाई एक समुहले धाँधलीपूर्ण तरीकाले मतदान प्रकृयाबाट निर्बाचित गरिएको आरोप लगाएका छन् र उनीहरुले निबर्तमान कार्यसमितिले करीब चार लाख पाउन्डको हिसाबकिताब नबुझाएकोप्रति आपत्ति प्रकट गर्दै त्यो हिसाब किताब तुरुन्त सार्वजनिक गर्न माग गरिरहेका छन्।

एनआरएनए यूकेको सम्मान कार्यक्रमविरुद्ध कार्यसमितिकै चार उपाध्यक्षहरुले विद्रोह गरिसकेका छन् । बिहीबार अल्डरसटमा हुने तयारी भइरहेको संस्थापक र सल्लाहकारहरुको सम्मानको पूर्व सन्ध्यामा एनआरएनए यूकेका ४ उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीले संयुक्त प्रेस सम्मेलन मार्फत उक्त कार्यक्रम विधान विपरीत भएको जनाउदै विद्रोह गरेका थिए ।

असन्तुस्ट एनआरएन युकेका पदाधिकारी

असन्तुस्ट एनआरएन युकेका पदाधिकारी

उता अध्यक्ष पुनम गुरुङले कार्यसमितिकै उपाध्यक्ष र कोषाध्यक्ष समेतलाई थाहा नपाइ आर्थिक संकलन आईसिसी मनोनीत सदस्य रामशरण सिमखडालाई जिम्मा दिइएकोमा पनि असन्तुस्ट पक्षको आपत्ति रहेको छ।  ।

आईसीसी अध्यक्ष पन्तलाई एक पक्षले जसरी पनि प्रमुख अतिथीको रुपमा बोलाउने र अर्को पक्षले बिबादित कार्यक्रममा नआउन अनुरोध गरेको थियो ।

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij