पत्रकार जितेन्द्र महर्जन फेरी गिरफ्तार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भिर प्रहार भएको टिप्पणी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन १५, बिहीबार) ०७:५६

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोप लगाउदै नेपाल भाषाको पत्रिका न्हुगु जोजोलोपाका प्रधान सम्पादक जितेन्द्र महर्जनलाई प्रहरीले फेरि गिरफ्तार गरेको छ ।

उनलाई काठमाडौंको किर्तिपुर नयाँवजारमा रहेको सिसापसलबाट मंगलवार अपरान्ह गिरफ्तार गरेको पारिवारीक श्रोतले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । उनलाई किन र के कारणले गिरफ्तार गर्यो भन्नेबारे जानकारी हुन नसकेको पारिवारिक श्रोतले जनाएको छ ।

उनी जनपत्रकार संगठन, नेपाल काठमाण्डौं जिल्ला संयोजक हुन् भने रेडियो मिर्मिरेका कार्यक्रम सञ्चालक पनि हुन्।

यसअघि चैतमा पनि उनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेता भन्दै पक्राउ गरेको थियो । नेपाल पत्रकार महासंघ र जनपत्रकार संगठन नेपाल लगायतका सन्चारसम्बद्ध बिभिन्न संघसंगठनको दबाबपछि उनलाई रिहा गरिएको थियाेे ।

यसैबीच, पत्रकार जितेन्द्र महर्जनलाई बिनाकारण गिरफ्तार गरी झुठा मुद्दामा फसाउने सड्यन्त्र गरिएकोप्रति बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित जनपत्रकार संगठन, नेपालले आपत्ति जनाउदै अविलम्व रिहा गर्न माग गरेको छ।

संगठनकी सचिब सिर्जना तिम्सिना र काेषाध्यक्ष जानकी चाैधरीले एक प्रेस विज्ञप्ति जारी गरेर समाचार लेखेकै आधारमा पत्रकारलाई पटक पटक गिरफ्तार गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भिर प्रहार भएको टिप्पणी गरेका छन्।  साथै सम्पूर्ण पत्रकारलाई स्वतन्त्र र निर्वाध रुपमा समाचार संकलन, संप्रेसण तथा प्रशारण गर्न पाउँने अधिकारको उपभोग गर्नबाट बञ्चित नगराउन र स्वतन्त्रपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न वातावरण सिर्जना गर्न, गराउन नेपाल पत्रकार महासंघ, पत्रकारसगँ सम्बन्धित संघ संगठन, नागरिक समाज, मानवअधिकारवादी संघसंस्था सबैमा हार्दिक अनुरोध गरेकाे छ ।

विज्ञप्तिमा भनिएको छ- ‘अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षमा रहेको दावी गर्ने सरकारको यो व्यवहारले कदापी पनि उसको प्रतिवद्धतालाई पुष्टी गर्दैन । अतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विद्यमान संवैधानिक व्यवस्थाको समेत प्रतिकुल हुने यस्तो कार्य अविलम्ब रोक्न माग गर्दछौं ।’

यसैबीच हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन पनि जनपत्रकार संगठनले माग गरेको छ । विज्ञप्तिमा लेखिएको छ-‘केही समय यता उनको निवास वरपर शंकास्पद व्यक्तिहरुले गतिविधि बढाएको र असुरक्षा महसुस भएको भन्दै शिवाकोटीले सार्वजनिक रुपले महासंघमा जानकारी दिएबाट पनि पत्रकारको सुरक्षाको जोखिम बढ्दै गएको हुनाले यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

गत चैतमा गिरफ्तार भएका पत्रकार महर्जनलाई यसपटक फेरि नियमित समाचार संकलन तथा प्रकाशनको काम सकेर कार्यालयबाट घर फर्कदै गर्दा फागुन १३ गते मंगलवार साझ कीर्तिपुरको नयाँ बजारबाट प्रहरीले महर्जनलाई गिरफ्तार गरेकाे छ ।


(२०७६ फाल्गुन १५, बिहीबार) ०७:५६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना