रहस्यमय बामदेव गौतमको रास्ट्रियसभा प्रवेश तयारी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन १४, बुधबार) १४:२९

रास्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री हुन  पाउने गरी संबिधान संशोधन गर्न सत्तारुढ नेकपाले गठन गरेको भनिएको कार्यदल भंग गरिएको छ।  तर रास्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री हुन  पाउने कानुनी ब्यबस्था नभए रास्ट्रिय  सभामा नजाने अडान लिएका उपाध्यक्ष बामदेव गौतमलाई सत्तारुढ  नेकपाको सचिबालय बैठकले रास्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ  नेकपाको सचिबालय बैठकले यस्तो निर्णय गरेको हो।

सो बैठकले गठन नै नभएको भनेर दावी गर्दै आएको सत्तारुढ नेकपाले अन्ततः माधव कुमार नेपाल संयोजकत्वको कार्यदल भंग गरेको छ ।

नेकपाले गोप्य ढंगले बनाएको उक्त कार्यदलमा राखिएका सदस्यद्वय सुवास नेम्वाङ र खिमलाल देवकोटाले समेत अमुक व्यक्तिको अभिलासा पूरा गर्न संविधान संसोधन गर्ने कार्यदलमा नबस्ने बताएपछि नेकपा सो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

बामदेव गौतमको इच्छा पूरा गर्ने प्रयत्नस्वरुप शनिवारको नेकपाको सचिवालय बैठकले ३ सदस्यीय कार्यदल बनाएको थियो । तर जनस्तरबाट समेत यसको चौतर्फी विरोध भएपछि नेकपा निर्णय गरेको ४ दिनमै उक्त निर्णयबाट पछि हटेको हो ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने , ‘संविधान संशोधन आवश्यकताअनुसार हुँदै जाने संविधानको मर्मअनुसार अथगाडि बढ्न सकिन्छ तर अहिले नै संविधान संशोधनका लागि उक्त कार्यदललाई अगाडि बढाउनुपर्ने औचित्य आजको सचिवालय बैठकले देखेन।’

यसैबीच सोही बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भएको छ । बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीबाट छानिएका गौतमलाई सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेपछि उनी राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन्। ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट ३ जना मनोनीत हुने व्यवस्था छ।

राष्ट्रपतिबाट मनोनीत भएका युवराज खतिवडाको कार्यकाल यही फागुन २० गतेदेखि सकिन लागेकोले गौतमलाई राष्ट्रिय सभामा पठाउन लागिएको हो। राष्ट्रिय सभा सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएकोमा अर्थमन्‍त्री रहेका खतिवडाले दुई वर्ष अवधि पाएका थिए।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि गौतम प्रधानमन्त्री बन्नका लागि निरन्तर प्रयास गरिरहेका छन्। उनी कहिले हुम्लाका सांसद धनबहादुर बुढा तथा काठमाडौं-७ का रामवीर मानन्धरलाई राजीनामा गराएर प्रतिनिधि सभा सदस्य बन्न चाहन्थे। कास्की-२ बाट निर्वाचित रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उठ्न आग्रह गरे पनि गौतम त्यहाँ आफूले हार बेहोर्ने भन्दै अस्वीकार गरेका थिए।

२०७५ यताको सार्वजनिक रेकर्डमात्रै केलाउँदा पनि गौतमले प्रधानमन्त्री बन्नका लागि पटक-पटक प्रयास गरेको देखिन्छ । ती सबै प्रयास असफल भएपछि राष्ट्रिय सभा सदस्यमा सत्तारुढ नेकपाले गौतमलाई पठाउने निर्णय गरेको हो।

नेता बामदेव गौतमले प्रधानमन्त्री हुने सपना त्यागेका हुन् कि उनलाई प्रधानमन्त्री बनाउन भएको गोप्य सहमतिलाई लुकाइएको हो ? प्रस्ट हुन सकेको छैन।  रास्ट्रिय सभा सदस्यले प्रधानमन्त्री हुन पाउने कानुनी व्यवस्था नभई उपाध्यक्ष किन रास्ट्रिय सभा सदस्य हुन किन तयार भए ? यो रहस्य गर्भमा नै रहेको छ।


(२०७६ फाल्गुन १४, बुधबार) १४:२९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना