अवैध सम्बन्धको भिडियो बनाएर ब्ल्याकमेलपछि प्रितीद्वारा आत्महत्या , दुईजना पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन १४, बुधबार) ०६:५०

आफैले यौन सम्बन्ध गरेको भिडियो देखाएर ब्ल्याकमेलिङ गरी विवाहित महिलालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुन्दरहरैचा -६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् । उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ बस्दै आएकी प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ ।

फागुन ८ गते प्रीतीले आत्महत्या गरेको खबर पाएपछि पुगेको प्रहरीले सुसाइट नोट फेला पारेको थियो । सुसाइट नोटमा दुई वटा फेसबुक एकाउन्टबाट नग्न तस्वीर देखाएर आफूलाई ब्लाकमेलिङ गरेको उल्लेख थियो ।

अनुसन्धानका क्रममा ड्याजलिङ क्वीन र दीपा नाम गरेको फेसबुक आइडीबाट नग्न तस्वीर प्रीतिको म्यासेन्जरमा पठाएर पैसा नदिए भाइरल बनाइदिने डर देखाइएको पाइएको थियो ।

प्रहरीका अनुसार, प्रीतिकी एक छोरीकी आमा प्रितीका श्रीमान् भने वैदेशिक रोजगारीमा छन् । ऋषिराम भट्टराई उनलाई पहिलादेखि नै मन पराउँथे । उनीहरु सामाजिक सञ्जालमार्फत नजिकिँदै गए । उनीहरुबीच शारीरिक सम्बन्ध भएको र त्यसको फाइदा उठाउँदै ऋषिरामले भिडियो बनाए । र, उनैले उक्त भिडियोलाई प्रयोग गरी पटक पटक प्रीतिसँग रकम असुलेको प्रहरीले प्राप्त गरेको प्रमाणले बताएको छ ।

उनले प्रीतिबाट ५५ हजार रुपैयाँ लिएको प्रहरीको अनुसन्धान बाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए ।

विभिन्न मितिमा पटक पटक धम्की दिँदै पैसा असुल्ने गरेको र पैसा नभएपछि आफूले आत्महत्याको बाटो रोजेको मृतक प्रीतिले उल्लेख गरेको सुसाइड नोटमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा भट्टराईले एक वर्षयता नग्न तस्वीर देखाएर पैसा असुल्दै आएको स्वीकार गरे । पैसा लिन भने उनले सञ्जितालाई प्रयोग गर्दै आएका थिए ।

प्रीतिले आत्महत्या गर्नुअघि पनि भट्टराईले पैसा नदिए फोटो भाइरल गरिदिने धम्की दिएका थिए । तर उनीसँग पैसा थिएन । मागेजत्ति पैसा दिन नसक्ने भएपछि उनले आत्महत्याको बाटो रोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सुसाइट नोटका आधारमा पक्राउ परेका दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरिएको बताए ।

 


(२०७६ फाल्गुन १४, बुधबार) ०६:५० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना