नेपाल ट्रष्टको स्वेतपत्रमा यतीसँग प्रचण्ड, देउवा र बामदेव मुछिए, प्रम ओली र रक्षामन्त्री पोखरेलको नाम गायव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन १४, बुधबार) ०५:२६

नेपाल ट्रष्टले लामो अध्ययन गरेर मंगलबार आफ्नो श्वेतपत्र सार्वनजिक गरेको छ।  त्यो स्वेतपत्र रक्षा मन्त्री इश्वर पोखरेलले एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरेका हुन्।  नेपाल ट्रष्टले सार्वनजिक गरेको आफ्नो श्वेतपत्रमा यति कम्पनीलाई जग्गा भाडामा दिने कार्यमा पटक पटक प्रधानमन्त्री एबम मन्त्री भएका विभिन्न पार्टीका ठुला-ठुला नेताहरुको नाम उल्लेख गरिएको छ।

नेपाल ट्रष्टले सार्वनजिक गरेको आफ्नो श्वेतपत्रमा यति कम्पनीलाई जग्गा भाडामा दिने कार्यमा सत्तारुढ नेकपाका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपाका उपाध्यक्ष एबम पुर्व उपप्राधनमन्त्री बामदेव गौतमको नाम मुछिएको देखिएको छ भने त्यस्तै निर्णय गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाकै नेता एबम पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र वर्तामान रक्षामन्त्री एबम सत्तारुढ नेकपाकै नेता ईश्वर पोखरेलको नाम गायव पारिएको छ।

श्वेतपत्रमा गोकर्ण रिसोर्टको झण्डै ६ वर्ष अवधि बाँकी छँदा नै लिज अवधि थप गर्ने निर्णयको बचाउ मात्र गरिएको छैन, नेपाल ट्रष्टले निर्णय गर्दा ट्रष्टमा को संरक्षक (प्रधानमन्त्री) र को अध्यक्ष (गृहमन्त्री) थिए भन्ने समेत खुलाइएको छ । जसअनुसार तत्कालीन प्रधानमन्त्रीहरू सुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड तथा तत्कालीन गृहमन्त्रीहरु बामदेव गौतम, विमलेन्द्र निधि र जनार्दन शर्मा प्रभाकरको नाम उल्लेख गरिएको छ । तर त्यस्तै निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलको नाम श्वेतपत्रमा छैन । यस्तै, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नाम पनि छैन ।

श्वेतपत्र अनुसार तत्कालीन राजदरबारको डिपार्टमेन्ट अफ क्राउन प्रपोर्टी, रोयल प्यालेस र एलएम सुभिर ब्रदर्स नेपाल प्रालीबीच २०५२ साल साउन ३१ गते गोकर्ण राजनिकुञ्जको २७९२-०-३-१ रोपनी जग्गामा रिसोर्ट सञ्चालन गर्न ३० वर्षका लागि  भाडामा दिने सम्झौता भएको थियो।

गणतन्त्र स्थापनापछि राजपरिवारका सदस्यहरुको नाममा रहेका सम्पत्ति नेपाल ट्रष्टको नाममा एकीकृत गर्ने घोषणा वमोजिम सो जग्गा नेपाल ट्रष्टको नाममा आयो।  त्यसपछि २०६७ साल बैशाख ५ गते सुभिर ब्रदर्स र नेपाल ट्रष्टबीच उक्त जग्गा भाडामा दिने बारे मुख्य सम्झौता भयो । त्यही दिन गोकर्ण रिसोर्टमा भएको त्रिपक्षीय पुरक भाडा सम्झौताकाकारण यती होल्डिङ्स कम्पनीले गोकर्ण रिसोर्ट भएको राज निकुञ्ज भाडामा लिने पहिलो पटक मौका पाएको थियो।

श्वेतपत्रमा उल्लेख भएको यो विवरण हेर्दा प्रष्ट हुन्छ गोकर्ण रिसोर्टको लिज अवधि थप गर्ने कुरा त्यहीबेला तय भएको थियो । तर त्यसबेला ट्रष्टको संरक्षक (प्रधानमन्त्री) र अध्यक्ष (गृहमन्त्री) सम्बन्धी व्यवस्था के थियो भन्ने श्वेतपत्रमा उल्लेख गरिएको छैन ।

तर श्वेतपत्रमा सुभिर ब्रदर्सको नाममा रहको शेयर विदेशी लगानीकर्ताबाट यती होल्डिङ्सको नाममा हस्तान्तरण गर्न २०७१ साल  मंसिर २५  गते स्वीकृति दिँदा प्रधानमन्त्री स्व. सुशील कोइराला नेपाल ट्रष्टको संरक्षक र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम अध्यक्ष रहेको भने उल्लेख गरिएको छ ।

जबकी गोकर्णमा यती समूहलाई प्रवेश गराउने त्रिपक्षीय पुरक सम्झौता स्वीकृत गर्दा नेपाल ट्रष्टको संरक्षक तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री र भीम रावल गृहमन्त्री अध्यष रहेको कुरा श्वेतपत्रमा खुलाइएको छैन ।

श्वेतपत्रमा अहिले धेरै प्रश्न उठेको गोकर्ण रिसोर्टको सम्झौता अवधिबारे पनि उल्लेख गरिएको छ । सुभिर ब्रदर्सले २०७६ साल वैशाख १०  गते  गोकर्णमा थप ४८ कोठा र ४०० जना अट्ने सभाहल निर्माण गर्ने गरी नयाँ भाडादर तोक्ने र लिज अवधि पनि ३० वर्ष थप गर्ने प्रस्ताव नेपाल ट्रष्टको कार्यालयमा दर्ता गरेको थियो । तर त्यस कम्पनी बाहेक अन्य कम्पनीले प्रस्ताव हाले हालेनन, हालेका भए के कति डर रेटमा प्रस्ताव हाले भन्ने बारेमा स्वेत्पत्रमा उल्लेख छैन।  तर सुभिर ब्रदर्सले हालेको प्रस्ताव सबै प्रक्रिया पूरा गरेर ‘स्वतन्त्र निकायबाट परिक्षण गरी बजार भाडा मूल्य तय भएको कुरा सो स्वेत्पत्रमा उल्लेख छ। सोही प्रस्ताबलाई २०७६ मंसिर २३ गते बसेको मन्त्री परिषद बैठकले छलफल गरी २५ वर्षका लागि गोकर्ण रिसोर्टको जग्गा भाडामा दिने निर्णय गरेको थियो।  त्यस निर्णय प्रक्रिया अगाडि बढाउँदा नेपाल ट्रष्टका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली थिए भने अध्यक्ष उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल थिए । यो पनि श्वेतपत्रमा उल्लेख छैन ।

श्वेतपत्रमा यती समूहको थामसेुर्क ट्रेकिङले लिजमा लिएको ताहाचाल र दरबारमार्गको जग्गाबारे पनि उल्लेख छ । श्वेतपत्र अनुसार तत्कालीन नेपाल ट्रष्टका संरक्षक स्व. प्रधानमन्त्री सुशील कोइराला र ट्रस्टका अध्यक्ष उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम रहेको नेपाल ट्रष्ट सञ्चालक समितिको २०७१ साल साउन २८गते बसेको नेपाल ट्रस्टको बोर्ड बैठकले कमलादी, हेटौंडा, ताहाचाल सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्गको जग्गा भाडामा दिने गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको थियो ।

दरबारमार्गको जग्गा थामसेर्कुले लिजमा पायो । थामसेर्कुको प्रस्ताव स्वीकृत गर्दा ट्रष्टको संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि रहेको श्वेतपत्रमा उल्लेख छ । यसैगरी ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कुलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनादर्न शर्मा अध्यक्ष थिए ।


(२०७६ फाल्गुन १४, बुधबार) ०५:२६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना