जन्मदिनमा “नेपालको नक्शा अंकित” केक काटिएकोमा प्रम ओलीको चौतर्फी बिरोध, नेपाली रास्ट्रियतामाथि धावा बोलेको टिप्पणी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन १२, सोमबार) ०७:१७

बेला बेलामा हाँसो मजाक र उत्पट्यांग कुरा गरेर बिबादमा तानिने प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन मनाउदाखेरि पनि बिबादित बनेका छन्।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद लगायतका विभिन्न योजनाहरुमा भ्रस्टाचार गरेको भन्दै प्रधानमन्त्रीसहित चार जनाबिरुद्ध  अख्तियारमा उजुरी दर्ता भैरहंदा प्रम केपी शर्मा ओली मातृभुमि नेपालको नक्शा अंकित केक काटेर आफ्नो ६९ औं जन्मदिन मनाइरहेका थिए।  त्यही फोटो सार्वजनिक भएपछी प्रम ओलीको ब्यापक बिरोध शुरु भएको छ।

अाफु जन्मेको भूमि र जन्मदिने अामा उस्तै उस्तै हुन् भन्ने प्रम ओलीले मातृभुमि नेपालको नक्शा अंकित केकमा चक्कु चलाएर नेपाल भुमि र नेपाली अस्मितामाथि धावा बोलेको भन्दै उनको ब्यापक बिरोध शुरु भएको छ।  यति बेला मातृभुमि नेपालको नक्शा अंकित केकमा चक्कु चलउदै गरेका प्रम ओलीको फोटो सामाजिक संजालमा भाइरल बनिरहेको छ।

राज्यको कोषबाट हेलिकप्टर चार्टर गरी आफ्नो जन्मथलो तेह्रथुमको आठराई पुगेका प्रम ओलीले काटेको केकमा  भारतले मिचेको लिम्पियाधुरा,लिपुलेक र कालापानी समाबेश नभएकोमा पनि सर्वासाधारनाले आपत्ति प्रकट गरेका छन्।

सरकारले मिचिएको भनिएको लिम्पियाधुरा,लिपुलेक र कालापानी समाबेश गरी नयाँ नक्शा सार्वजनिक गर्न नसकिरहेको अवस्थामा तिनै भूभाग नसमेटी बनाइएको नेपालको नक्शा अंकित केक काटिनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ।  त्यसमा पनि जनस्तरबाट निर्मित मिचिएको भूभाग समेत समेटिएको नेपालको नयाँ नक्शा सरकारका मन्त्रीहरुको कार्यकक्षबाट समेत गायब पारिएको छ।

नेपालमाथि भारतको नाकाबन्दी हुँदा नाकाबन्दीको बिरोध गरेर दुईतिहाई बहुमत ल्याएको कथित कम्युनिष्ट सरकारका प्रधानमन्त्री ओलीले ६० बर्षदेखि भारतले मिचेको देशको भूभाग फिर्ता गर्ला , कालापानीबाट भारतीय सेना फिर्ता गर्ला , सिमानामा तारबार सहितको पर्खाल लगाउला भनेर नेपालि जनताले अपेक्षा गरेका थिए।  तर मिचिएको नेपाली भूभाग नसमेटिएको केक काटेर जन्मदिन मनाउदा प्रधानमन्त्रीले नै नेपाली रास्ट्रीयताको खिल्ली उडाएको नेपाली जनताले महशुश गरेका छन्।

यसैबीच कानुनका ज्ञाताहरुले प्रम ओलीको यस घृणित कार्यलाई नेपालको संबिधान विपरीतको कार्यका अर्थ्याएका छन्।  मुलुकी संहिताको दफा १५१ मा “राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने प्रावधान राखिएको छ। यसमा जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न नहुने ” व्यवस्था रहेको छ।

सामाजिक संजालमा देखिएका टिप्पणीहरु

राप्रपा (रास्ट्रवादी) अध्यक्ष प्रकाश चन्द्र लोहनी 

राजनीतिक विश्लेषक भरत दाहाल

राजनीतिक विश्लेषक एबम संचार उद्यमी डा. बिजय पौडेल

नागरिक अभियन्ता स्वागत नेपाल

पत्रकार एबम एम्नेस्टी इन्टरनेशनल नेपालका संयोजक राजन कुइकेल

पत्रकार सुशील देबकोटा

उपभोक्ता हित संरक्षणकर्मी भरत जंगम

सुचना अभियन्ता दीपक आचार्य

पत्रकार प्रकाशचन्द्र परियार

नायिका रेखा थापा


(२०७६ फाल्गुन १२, सोमबार) ०७:१७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना