अखिल (क्रान्तिकारी) अध्यक्ष ढकाल सर्बोच्च गेटबाटै फेरी गिरफ्तार (भिडियो सहित )

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन ८, बिहीबार) ०५:४४

सर्बोच्च अदालतको आदेश लत्याउदै कानुन ब्यबसायी समेत रहेका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिबी ढकाललाई प्रहरीले फेरी सर्बोच्च अदालत गेटबाटै गिरफ्तार गरेको छ।

सर्बोच्च अदालतका माननीय न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र कुमार रेग्मीको संयुक्त इजलासले कानुन ब्यबसायी समेत रहेका अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाललाई प्रहरीले लगाएको आरोपबाट मुक्त गर्दै रिहा गर्न आदेश दिएको थियो।  तर अदालतको आदेश बमोजिम रिहा भएलगत्तै प्रहरीले ढकाललाई पुनः अदालतको गेटबाटै पक्राउ गरेको हो । उनलाई कहाँ लगिएको छ र के अभियोगमा फेरी समातिएको हो भन्ने बारेमा परिबार समेतलाई कुनै जानकारी नदिइएको पारिबारिक स्रोतले जानकारी दिएको छ।

प्रहरीले गिरफ्तार गरेपछि रास्ट्रसेवक कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र ब्यबहारको मुद्दा चलाएको थियो।  सर्बोच्च अदालतले अधिबक्ता समेत रहेका अखिल (क्रान्तिकारी) अध्यक्षा ढकालमाथि लागेको आरोप पुष्टि हुन नसक्ने ठहर गरेको छ।  सर्बोच्च अदालतले ढकालको हकमा रास्ट्रसेवक कर्मचारीमाथि ए कस्तो शब्द उच्चारण गरी के कस्तो अभद्र ब्यबहार गरेको हो खुलाउन नसकेको, खानातालाशी लिनु पर्नाको कारण खुलाउन नसकेको, थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मनासिब कारण खुलाउन नसकेको, म्याद थप गर्दा समेत उचित कारण खुलाउन नसकेको स्पस्ट जिकिर गर्दै राजनीतिक आस्थाका आधारमा प्रवृत्त धारणा राखेर पक्राउ गरेको देखिएकाले रिहा गर्न आदेश दिएको छ।

अधिबक्ता समेत रहेका अध्यक्ष ढकाललाई रिहा गर्न माग गर्दै फागुन ४ गते गोगना आचार्यले ढकालको तर्फबाट सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेकी थिइन।  रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ताद्वय एकराज भण्डारी चण्डेश्वर श्रेष्ठ तथा अधिवक्ताहरु  लिलामणि पौडेल, कपिलचन्द्र पोखरेल, भुवान्प्रसाद निरौला, चन्द्रप्रसाद गुरागाईं, गंगासागर खत्री, रक्षा बस्याल, इन्दिरा सिलवाल, श्रीधराकुमारी पुडासैनी, मनिका खड्का, खिमानन्द अधिकारी, कान्तिराम ढुङगाना, राजिता थापा, सन्तोष कोइराला, र दयाराम पोख्रेल लगायतले बहस गरेका थिए । ढकाललाई काठमाडौंको सुन्धाराबाट फागुन १ गते प्रहरीले गिरफ्तार गरेको थियो । 


(२०७६ फाल्गुन ८, बिहीबार) ०५:४४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना