चीनबिरोधी लेख छापेको भन्दै अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका तीन पत्रकारलाई चीनद्वारा देश निकाला

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन ८, बिहीबार) ०४:१२

चीनले अमेरिकी चर्चित पत्रिका वाल स्ट्रिट जर्नलका तीन जना पत्रकारलाई देश निकाला गरेको छ।अमेरिकी अखबार द वासिङटन पोस्टकाअनुसार, निष्काशित हुने पत्रकारमा डेपुटी ब्यूरो प्रमुख जोसेफ चिन, चाओ देङ र फिलिप वेन रहेका छन्। उनीहरूलाई पाँच दिनभित्र चीन छोड्न समय दिइएको छ।

पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक भएको बताइएको छ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले वाल स्ट्रिट जर्नलमा छापिएको लेखका कारण उनीहरूलाई देश निकाला गर्नु परेको बताए।

फेब्रुअरी ३ मा उक्त जर्नलले चाइना इज द रियल सिकम्यान अफ एसिया शीर्षकमा एउटा लेख प्रकाशित गरेको थियो। जर्नलले फेब्रुअरी ३ देखि कोरोनाभाइरसको विषयमा छाप्दै आएको स्तम्भमा चीनका विदेशमन्त्रीले आलोचना गर्दै आइरहेका थिए। स्तम्भ बार्ड कलेजका प्राध्यापक वाल्टर रसेलले ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ शीर्षकमा लेख्दै आएका थिए।

‘सम्पादकहरूले जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समूदायमा घृणा र आक्रोश पैदा गरेका छन्,’ प्रवक्ता सुयाङले भने।

उनले त्यस्तो लेख छापिएपछि उक्त पत्रिकाले न सार्वजनिक रूपमा माफी मागेको न त यसमा संलग्नलाई कुनै कारबाही गर्ने जानकारी दिएको हुनाले उसका बेइजिङ ब्युरोमा कार्यरत पत्रकारको प्रेस पास फिर्ता लिने निर्णय भएको बताए।


(२०७६ फाल्गुन ८, बिहीबार) ०४:१२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना