एकातिर स्ववियु चुनाबको तयारी, अर्कोतिर अखिल क्रान्तिकारीका नेता धमाधम गिरफ्तारी, प्रकाण्ड पुत्र पनि समातिए


  • जनसंचार
  • मंगलबार, ६ फाल्गुन २०७६
  • 3.5K
    Shares

एकातिर त्रिभुवन बिश्वविद्यालयले स्वतन्त्र बिद्यार्थी युनियनको चुनाबको तयारी गरिरहेको छ भने अर्कोतिरअखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरु क्याम्पस-क्याम्पस र बिद्यालयहरुमा गैर क्याम्पस प्रमुख एबम प्रधानाध्यापकहरुलाई ज्ञापनपत्र बुझाउदै आफुहरुलाई स्ववियु चुनाबमा भाग लिने वातावरण बनाउन दबाब दिईरहेका छन्।  तर  सरकार त्यस चुनाबको प्रत्यक्ष सरोकार र दाबेदार मानिएको बिप्लव नेतृत्वको ने.क.पा. समर्थित अखिल क्रान्तिकारीका नेताहरुलाई धमाधम गिरफ्तार गरिरहेको छ।

केही दिन अघि २५ औं जनयुद्ध दिवस मनाइरहेका सो संगठनका अध्यक्ष चिरन्जिबी ढकाललाई गिरफ्तार गरेको सरकारले सोही संगठनका कोशाद्यक्ष नरेन्द्र बिकलाई पनि गिरफ्तार गरेको छ।  उनी ने.क.पा.का प्रबक्ता प्रकाण्डका पुत्र हुन्। उनलाई प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ः३० बजे बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउपछि कोषाध्यक्ष विकलाई अपराध महाशाखा, टेकु लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस अघि सोही संगठनका केन्द्रिय सदस्यहरु अटल शर्मा, बीरेन्द्र लोहार र प्रकाश तिरुवा लगायत दर्जनौ बिद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेर विभिन्न मुद्दा लगाएर हिरासतमा राखेको छ। कास्कीमा पनि चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ।

यसैबीच अनेरास्ववियु (क्रान्तिकारी)ले आम शैक्षिक हडताल सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अखिल क्रान्तिकारीले संगठनका अध्यक्ष चिरञ्जीवी ढकालसहितका नेताहरुको गिरफ्तारको विरोधमा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष रुद्र भट्टराईले शनिबार विज्ञप्ति निकालेर फागुन ४ गतेदेखि फागुन १४ गतेसम्म पहिलो चरणका संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । भट्टराईले अध्यक्ष ढकाललाई गैरन्यायीक गिरफ्तार गरेर झुटा मुद्दा लगाएको भन्दै आपत्ति समेत जनाएका छन् । उनले संगठन स्ववियु चुनावको तयारीमा रहेको बेला अध्यक्ष ढकाललाई गिरफ्तार गिरफ्तार गरेको बताएका छन् ।

“जनयुद्धको बार्षिकोत्सवको कार्यक्रमबाट गिरफुतार गरिनु एवं हाम्रो संगठन त्रिविले घोषणा गरेको विद्यार्थी युनियनको निर्वाचनमा देशव्यापी अग्रसर रहेको अवस्थामा अध्यक्ष चिरञ्जीवी ढकालको गिरफ्तारीबाट सरकार आततायी, अराजनैतिक, घोर फासीवादी भएको कुरा छर्लङ भएको छ । तसर्थ संगठनका अध्यक्षलगायत देशैभरी गैरन्यायीक रुपमा गिरफुतार गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गर्दछौं” भट्टाईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले फागुन ४,५ र ६ गते प्रचारप्रसार, फागुन ७ गते ज्ञापनपत्र, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडतालको घोषणा गरेका छन् ।

यस्ता छन् पहिलो चरणका संघर्षका कार्यक्रम

– फागुन ४,५ र ६ गते प्रचारप्रसार

– फागुन ७ गते ज्ञापनपत्र (त्रिवि, त्रिविका आंगिक क्याम्पसहरु, प्रजिअ र अन्य शैक्षिक संस्था)

– फागुन ८ गते कोणसभा (सबै शैक्षिक संस्थाहरुमा)

– फागुन गते ११ गते अन्तरक्रिया –विषयः अखिल क्रान्तिकारीमाथिगको प्रतिबन्ध र स्ववियु चुनाव)

– फागुन १२ गते विरोध प्रदर्शन (सबै क्याम्पसहरु) र त्रिवि प्रशासनमा तालाबन्दी

– फागुन १३ गते मशाल जुलुश

– फागुन १४ गते आम शैक्षिक हड्ताल

 

प्रतिक्रिया

सम्पर्क


सूचना बिभाग दर्ता २0५७ /२०७६ – ०७७
जनसञ्चार मिडिया प्रा. लि.
पोखरा -१६ द्वारा संचालित
फोन न. : ०६१-५७७५०६

Email: Janasanchar.com@gmail.com

हाम्रो टिम


प्रकाशक: ओम बहादुर हमाल

Omhamal@gmail.com

९८५६०२५७५८

सम्पादक : बुद्धिबहादुर हमाल

०६१-५७७५०६


पोखराको पहिलो डिजिटल अनलाइन पत्रिका
‘उत्पिडितहरुको आवाज ‘ जनसंचार डट कम


© copyright 2024 and all right reserved to janasanchar.com Site By : Sobij