भूकम्प पीडितको अनुदानको पैसामा हरिद्वार घुमेर फर्किए नुवाकोटका जनप्रतिनिधि

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन ४, आईतवार) १६:५८

-प्रतिमा ढुंगाना।  

विदेश जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिनुपर्ने नीतिगत व्यवस्थालाई लत्याउदै नुवाकोट जिल्लाका विभिन्न १० स्थानीय तहका प्रमुख र उपप्रमुखको टोली भूकम्प पीडितको अनुदानको पैसामा भारतको हरिद्धार लगायतको स्थान घुमेर शनिबार फर्किएको छ । टोली शुक्रबार राति नै काठमाडाैँ फर्किएको भए पनि नुवाकोट चाहिँ शनिबार मात्रै फर्किएको हो ।

भूकम्प पीडितलाइ नक्सा बनाउन सहयोग गर्ने उद्देश्यले भारत सरकारको परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्यालय (युएनओपिएस)को प्रायोजनामा नुवाकोटका १२ मध्ये १० स्थानीय तहका प्रमुख र उपप्रमुख भारत घुमेर फर्किएका हुन । उनीहरू माघ २७ गते भारत भ्रमणमा निस्किएका थिए ।

युएनओपिएसकी संयोजक बन्दा सिंहले पत्र लेखेर २६ माघदेखि २ फागुनसम्म भारत भ्रमणका लागि निमन्त्रणा पाठाएकी थिइन । त्यही पत्रको आधारमा पालिकाका प्रमुख र उपप्रमुखले भारतको विभिन्न स्थान घुमेका हुन । भूकम्प पीडितलाइ नक्सा बनाउन अनुदान दिने युएनओपिएस विवादित संस्था हो । जसले नुवाकोटको १० वटा स्थानीय तहमा मात्र काम गरिरहेको छ ।

जिल्लाको दुबै नगरपालिका बेलकोटगढी र विदुर तथा ८ गाउँपालिकाका प्रमुख फर उपप्रमुख भारत गएका थिए । सँगै जिल्ला समन्वय सुमितिका अध्यक्ष सन्तमान तामाङ पनि भारत गएका थिए । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र उपमेयर गीता दाहाल, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल शुक्रबार राति नेपाल फर्किएका हुन । उपमेयर कविता ढुंगाना भने एक दिन अगावै भारतबाट फर्किएकी थिइन ।

त्यस्तै दुप्चेश्वर गाउँपालिकाका प्रमुख योविन्द्र सिंह तामाङ र उपप्रमुख अञ्जु आचार्य, तादी गाउँपालिका प्रमुख नारायण प्रसाद पाण्डे र उपप्रमुख इश्वरी उप्रेती, सूर्यगढी गाउँपालिका प्रमुख सन्तबहादुर तामाङ र उपप्रमुख मञ्जु बुढाथोकी, ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा र उपप्रमुख सीता लामा शुक्रबार स्वदेश फर्किएका छन ।

त्यस्तै लिखु गाउँपालिका प्रमुख ध्रुव श्रेष्ठ र उपप्रमुख रोजिना राइ, तारकेश्वर गाउँपालिकाकी उपप्रमुख तारादेवी रिमाल, म्यागङ गाउँपालिकाका प्रमुख आशा तामाङ र उपप्रमुख शान्ति लामा गुरूङ र किस्पाङ गाउँपालिकाका प्रमुख छत्रबहादुर लामा र उपप्रमुख मायादेवी घले न्यौपाने पनि युएनओपिएसको प्रायोजनामा भारत घुमेर शुक्रबार स्वदेश फर्किएका छन ।

पूर्व भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग सामूहिक तस्बीर खिचाउँदै नेपाली टोली ।
पूर्व भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग सामूहिक तस्बीर खिचाउँदै नेपाली टोली ।

भूकम्प पीडितको अनुदानको पैसामा युएनओपिएसले जनप्रतिनिधिलाइ भारत घुमाएको हो । भारत सरकारले नुवाकोटमा २३ हजार ८८ भूकम्पपीडित घरधनीलाई सामाजिक प्राविधिक सहजीकरणका लागि खर्च गर्ने रकमभित्र नै जनप्रतिनिधको यो भ्रमण तय गरेको थियो । जनप्रतिनिधिहरू खुशी भएरै भारत घुमेर स्वदेश फर्किएका छन । प्रमुख र उपप्रमुख दुबैलाइ भारत भ्रमण गराएर आफ्नो परियोजना सफल भएको सन्देश प्रवाह गर्ने तयारीमा युएनओपिएस लागेको छ ।

यता नुवाकोटका जनताहरूले भने भूकम्प पीडितको अनुदानको पैसामा प्रमुख र उपप्रमुख दुबै जना भारत गएर के ल्याउनु भयो भन्दै प्रश्न गर्नुपर्ने भनेर सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन । साभार दैनिकी डट कम 


(२०७६ फाल्गुन ४, आईतवार) १६:५८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना