मेयर पौडेल तब टेबुलमा चढेर सलामी ग्रहण गरे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन ४, आईतवार) ०९:४२

हिजो आज सामाजिक संजालमा एउटा फोटो खुब भाइरल भएको छ : टेबलमा सलमाी लिँदै बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलको। उनको यस फोटो सार्वजनिक भएपछी व्यापक टिका टिप्पणी उत्पन्न भएको छ।  धेरैले टेबुलमाथि नै चढेर सलामी ग्रहण गरेको उनको कार्यलाई नकारात्मक रुपमा लिएका छन्।

बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलको यो फोटो सोही नगरपालिकाद्वारा आयोजित प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोहको हो।

प्रतियोगिताको उद्घाटनका क्रममा सहभागीहरुको तर्फबाट लामबद्ध बिद्यार्थीहरुको एक समुहले मार्चपास गर्दै मेयरतिर लम्किएर सलामी दिए।  त्यही लाइनमा खेलाडी पनि थिए।  त्यसपछि आयोजक पक्षले  “खेलाडीलाई प्रमुख अतिथिले सलामी फर्काउनुपर्छ” भन्ने सुझाब दिए।  उनी आफु उभिएकै ठाउबाट सलामी फर्काउने तरखर गर्दै थिए।

फेरी आयोजकले जिल्लाबाट आमन्त्रित खेल रेफ्री र प्रशिक्षकले खेलाडीलाई जमिनमा टेकेर सलामी फर्काउन नमिल्ने कुरा राखे। त्यसो गर्दा खेलाडीहरुको अपमान हुने प्रशिक्षकहरुले तर्क राखे।  उनीहरुले प्रमुख अतिथि केही उच्चो भागमा उभिनुपर्ने धारणा अघि सारेपछि उनी बाध्य भएरआयोजकले अगाडी राखेको टेबुलमा चढे र सलामी ग्रहण गरे।

मेयर पौडेलले टेबलमा उभिएर खेलाडीहरुलाई सलामी फर्काए। रेफ्रीहरुको कुरा मान्दा सामाजिक सञ्जालमा त्यसको गलत अर्थ लागेको भन्दै उनले आगामी दिनमा यस्तो कुरामा आफू सचेत हुने बताए। ‘फेरि यस्तो परिस्थिति आयो भने बरु जमिनमै टेक्छु तर टेबलमा चढ्दिनँ,’ उनले भने।


(२०७६ फाल्गुन ४, आईतवार) ०९:४२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना