बिहेपछि हिट भए शिव परियार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७२ फाल्गुन २६, बुधबार) २२:४६

शिव परियार अर्कै केटीसँग लभ थियो मेरो । ०६३ को माघमा पाथीभरा एफएमको वार्षिकोत्सव सकेर फर्किंदै थिएँ । त्यतिवेला चितवनकी केटीसँग फोनमा मेरो ‘लभ’ चलिरहेको थियो । चितवनमा उनीसँग भेट्ने तारतम्य मिलाएको थिएँ ।

चितवन झरेपछि नजिकै पसलमा रिचार्ज किन्न गएँ । ‘तपाईं शिव परियार होइन, मैले तपाईंको गीत सुनेको छु,’ रिचार्ज कार्ड दिँदै पसलमा बसिरहेकी ती केटीले भनिन, ‘म सुनीता कौशल ।’ त्यसपछि त उनी नै मलाई मनर्पयो । पाँच मिनेट जति कुरा भयो, हिँड्ने वेला उनको फोन नम्बर लिएँ ।

दशाले कुत्कुत्याएर लगेको रहेछ मलाई चितवन । काठमाडौं फर्केपछि त आजै बिहे गर्न मन लाग्छ, भोलि नै बिहे गर्न मन लाग्छ ।
आँखाअगाडि सुनीताकै मात्र झल्को आइरहन्छ । १५ र २० दिनसम्म साथीभाइसँग सल्लाह गरेँ, कोही बिहे गर भन्दैनन् ।

उल्टै ८र१० वर्ष बिहे नै नगर भन्छन् । ‘तेरै अवस्था यस्तो छ, बिहे गरेपछि कसरी पाल्छस् श्रीमती ?,’ कसैले गर भनेनन् । मैले बिहे गर्ने अडान छाडिनँ ।

केटीको अभाव थिएन, फोन गर्ने टन्नै थिए । माया देखाउने पनि टन्नै थिए । तर, म कसैको पछि लागिनँ, ‘त्यही केटीलाई बिहे गर्छु’ यति मात्रै सोचेँ । उनको अनुहार सम्झन्थेँ, यो मान्छेसँग जीवन गाँस्न पाइयो भने सुख पो पाइन्छ कि मेरो ‘केयर’ पो हुन्छ कि भन्ने फिल हुन्थ्यो ।
उनको परिवारसँग माग्न आउँदै छु भनेर फोनमा कुरा गरेँ । काठमाडौंबाट बुद्धलाई लिएर हिँडेँ, घरबाट बुबाहरू आउनुभो । ०६३ फागुन ७ गते सुनीतासँग बिहे गरेँ । मेरा सबै हिट गीत बिहेपछि मात्रै आएका हुन् । मेरो पहिलो श्रोता सुनीता हुन् ।

नयाँ पत्रिकाबाट

– See more at: http://www.nepalsandesh.com/2016/03/02/182146.html#sthash.KJxzyPRL.dpuf


(२०७२ फाल्गुन २६, बुधबार) २२:४६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना