सर्बोच्च अदालतको आदेशमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन रिहा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ फाल्गुन २, शुक्रबार) ०८:५५

झन्डै एकसय ५० दिनको हिरासत बसाइपछि बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिपराज शेर्पाइली (‘पाटन जंगली) बिहीबार रिहा भएका छन्।

सर्वाेच्च अदालतका माननीय न्यायाधिश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलाशले उनलाई  रिहा गर्न अादेश दिएपछि उनी बिहिबार हिरासतमुक्त भएका हुन्। अध्यक्ष शेर्पाइलीको तर्फबाट उनकी श्रीमती दिपिका पुनले जाहेर गरेको बन्दी प्रत्यक्षीकरण  मुद्दामा सर्बोच्च अदालतले युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिपराज शेर्पाइलीलाई छाड्न आदेश दिएको थियो।  अध्यक्ष शेर्पाईलीको तर्फबाट अधिबक्ताद्वय कपिलचन्द्र पोख्रेल र सन्तोष कोइरालाले बहस गरेका थिए।

  गत असाेज २९ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोकाे बैठक दाङको राजपुर गाउँपालिका वडा नं. ४ मुङ्गेठामा बसिरहेको स्थानबाट उनीसहित २१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो।  तर दाङ देेउखुरी जिल्ला अदालतले उनलाई रिहा गर्न आदेश दिए पनि प्रहरीले फेरी गिरफ्तार गरेर काठमाडौं हिरासत लगेकाे थियो ।


(२०७६ फाल्गुन २, शुक्रबार) ०८:५५ मा प्रकाशित

Exchange Rate

Nepali Patro