‘अबको प्रहरी जनताको विश्वास र भरोसाको केन्द्रविन्दु’

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ पुष ११, सोमबार) ०५:२८

काठमाडौं, ११ पुस ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अबको प्रहरी जनताको विश्वास र भरोसाको केन्द्रविन्दु बन्नुपर्ने बताएका छन् । प्रहरीलाई जनताले त्रासको रुपमा लिने गरेको उल्लेख गर्दै उनले अब जनताको विश्वासपात्र बन्नुपर्ने बताए ।

ललितपुरको मंगलबजारमा निर्मित महानगरीय प्रहरी प्रभागको भवन उदघाटन गर्दै महानिरीक्षक अर्यालले जनताको विश्वास जितेर मात्रै समाजमा शान्ति सुव्यवस्था कायम राख्न प्रहरी सफल हुने बताए ।

अपराध अनुसन्धानको कामलाई अझै प्रभावकारी ढंगले संचालन गर्न भन्दै ललितपुरको मंगलबजारमा महानगरीय प्रहरी प्रभाग कार्यालय स्थापना गरिएको हो ।


(२०७३ पुष ११, सोमबार) ०५:२८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना