पार्टीभित्रको बिकृति र विसंगतिविरुद्ध चलाइएको शुद्धीकरण अभियान : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ १९, आईतवार) ०८:५५

कुनै समयमा उत्साहका साथ क्रान्तिको बाटोमा लागेका कार्यकर्ताहरू प्रतिबन्ध र दमनको दबाबमा पार्टी छाड्ने र पार्टीबाट पलायन हुने प्रवृत्ति किन बढ्यो ? यसको पछाडि अवसरवाद प्रमुख कारण देखिन्छ । तर त्यसलाई चलाखीपूर्ण तरिकाले कतिपयले राजनीतिक तर्क बनाउने गरेका छन् । हाम्रो पार्टी छोड्दै गरेका एकजना केन्द्रीय सदस्यले भनेका थिए, ‘विप्लव दाइले पाँच वर्षमा क्रान्ति हुन्छ भत्रुभएको थियो ।

प्रचण्डसँग अलग भएको चार वर्ष भैसक्यो, क्रान्ति भएन । अब म त प्रचण्डतिरै फर्किन्छु ।’ जतिबेला हामी किरण कमरेडको नेतृत्वमा रहेको नेकपा (माओवदी) लाई एकताबद्ध गर्दै क्रान्तिको रणनीति र कार्यनीतिमा विकासका लागि सङ्घर्ष गरिरहेका थियौँ, त्यो समयमा तिनै कमरेडले भनेका थिए, ‘दाइ, तपाईंहरूले के पर्खिनुभएको ? छिटो पार्टी फुटाउनुपर्यो । हामीलाई त उनीहरूले टिक्नै नदिने भए ।’ यहाँ यस्तो उग्र प्रकारको अभिव्यक्ति आउँथ्यो, मानौँ पार्टी विभाजन भयो कि ती कमरेडहरू क्रन्तिका लागि बन्दुक बोकेर हिँड्नेछन् ।

पहिले पार्टी अलग गर्न माग गर्ने साथीहरू पार्टी बनेपछि पार्टी छोड्ने जुन घटना देखियो त्यो भद्दा प्रकारको अवसरवाद थियो । यस्तै प्रकारका मानिसहरूको चित्रण गर्दै लेनिनले विश्लेषण गर्नुभएको थियो, ‘अतिवामवाद अति दक्षिणवादमा सकिन्छ ।’ त्यो भनाइ नेपाली वास्तविकतामा सजीव रूपमा लागू हुन पुग्छ । ती कमरेडहरूका यी विचारहरूमा वैचारिक अस्पष्टता, धूत्र्याइँ, अवसरवाद र विश्वासघातको समिश्रण भएकोमा हामीमा कुनै द्विविधा थिएन परन्तु हामीले वैचारिक रूपमा त्यसलाई प्रस्ट गर्दै लाने कुरा नै थियो । तर कुनै मानिस आफ्नो विशिष्ट मिसनमा हुन्छ भने उसले विकास गर्ने प्रक्रिया पनि त्यही मिसनसँगै जोडिएको हुन्छ । त्यप्रकारका मानिसहरूको मिसन पार्टीका नाममा चन्दा असुल गर्ने, क्रान्तिको हित गर्नेभन्दा व्यक्तिगत सम्पत्ति कामाउने, पार्टी बनाउनेभन्दा आफ्नो धन्दा चलाउने संयन्त्र बनाउने थियो, त्यही भयो र अन्ततः यसप्रकारको गलत काम गर्न पार्टीमा प्रतिबन्ध लागेपछि प्रचण्डको एमालेमा पलायन भए । यो त व्यक्ति–व्यक्तिमा विकास हुने रुझानको कुरा भयो ।

तर यो एउटा गम्भीर सैद्धान्तिक प्रश्न हो– के हामीले शीघ्र विजयको मानसिकताले क्रान्तिको प्रक्षेपण गरेका हौँ ? के हामीले दुई वर्ष वा चार वर्षमा क्रान्ति भैहाल्छ भत्रे ठोकुवा गरेका हौँ ? के हामीले क्रान्तिलाई एउटा भीषण जीवनमरणको सङ्घर्ष, समस्त जनता सहभागी हुनुपर्ने, जिम्मा लिनुपर्ने, उसको सचेत पहलकदमीमा गर्नुपर्ने विषयका अलावा एउटा रोमान्सका रूपमा बुझेका हौँ ? पार्टीले बुझेको तथ्य शीघ्र विजय होइन, सचेत प्रयत्नको विशिष्ट प्रक्रियाबाट बढ्छ भत्रे हो । पार्टीले बुझेको तथ्य क्रान्ति एउटा भीषण प्रक्रियाबाट बढ्ने जटिल क्रियाकलाप हो, यो कम्युनिस्ट नेताहरूको सचेत पहलकदमी र क्रान्तिकारी जनताको सचेत सहभागितामा सम्भव हुने कुरा हो । शीघ्र विजयको मानसिकता क्रान्तिकारीहरूमा पैदा हुनु अवश्य पनि निरपेक्ष रूपले नराम्रो कुरा होइन, सापेक्षित हिसाबले यो राम्रो कुरा पनि हो तर त्यसको वास्तविकतालाई ठीक ढङ्गले बुझिएन भने त्यसले पलायनको अवस्था निम्त्याउँछ ।

हामीले भनिसकेका छौँ, प्रतिक्रियावादी सत्ता आफ्नै चरित्रमा दिन–प्रतिदिन सुसङ्गठित हुँदै गइरहेको छ । यो प्रक्रिया विगत इतिहासको भन्दा अझ तीव्र बनेको छ । यो स्वाभाविक प्रक्रिया हो । हामीले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि वर्गसङ्घर्ष गर्नु पर्नाको कारण पनि त्यही हो । कारण के हो भने प्रतिक्रियावादी सत्ता अथवा अहिलेको दलाल पुँजीवादी सत्ता दिनप्रतिदिन बयिलयो हुँदै जाने, जनताका अधिकारहरू दिनप्रतिदिन अझ कुण्ठित हुँदै जाने, देश उत्पादनविहीन अवस्थामै ऋणमा डुब्दै जाने, देश चलाउनका लागि ल्याइएको ऋणका कारण देशका प्राकृतिक सम्पदा बिक्री गर्दै जानुपर्ने र अन्ततः देश नै एकाधिकार पुँजीपतिलाई जिम्मा लगाउनुपर्ने अवस्था दलाल पुँजीवादले पैदा गर्छ । जबसम्म एमाले र काङ्ग्रेसहरू दलाल पुँजीवादका पक्षमा उभिन्छन्, जबसम्म उनीहरूले दलाल पुँजीवादका पक्षमा आफूलाई उभ्याउँछन् तबसम्म जनताको एकता पैदा हुन सक्दैन । जबसम्म देशको समस्त जनताको एकता पैदा हुन सक्दैन तबसम्म देश धरापमा पर्ने खतरा पैदा भइरहन्छ ।

यही कारणले देशमा अस्थिरता, आन्दोलन र विद्रोहको अवस्था पैदा भइरहेका हुन्छन् र त्यसको वैज्ञानिक समाधानका लागि हरेक समाजमा क्रान्तिको आवश्यकता भइरहन्छ । तर यसप्रकारको क्रान्तिका लागि एउटा विशिष्ट प्रकारको प्रक्रियाबाट अगाडि बढ्नुपर्छ । विशिष्ट प्रकारको प्रक्रिया भनेको क्रान्तिका तीन अवस्थाहरूको संयोजन उचित प्रकारले हुनु हो : पहिलो आवश्यकता क्रान्तकारी पार्टी हो । क्रान्तिकारी पार्टी भनेको अनुशासित जुझारु, क्रान्तिप्रति सैद्धान्तिक मात्र नभएर व्यावहारिक विश्वास र लगनशीलता भएको हुनुपर्यो ।

माक्र्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध हुनुपर्यो, वर्गसङ्घर्षबिना पुँजीवादको अन्त्य सम्भव छैन भत्रे कुरामा स्पष्ट हुनुपर्यो । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा वैज्ञानिक समाजवाद मात्र मरणासत्र पुँजीवादको समाधान हो भत्रे तथ्यमा आधारित हुनुपर्यो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिका मूल्य र मान्यताहरूलाई पकड्ने र लागू गर्ने हुनुपर्यो । यी समाजवादी मान्यताहरू बुझ्ने र व्यवहार गर्ने पार्टी एउटा क्रान्तिकारी पार्टी हुनसक्छ । त्यो क्रान्तिकारी पार्टीले यी वैचारिक मान्यताहरूका आधारमा जनतालाई प्रशिक्षित गर्दै एकताबद्ध गर्ने र दलाल पुँजीवादका विरुद्ध वैचारिक, राजनीतिक, सङ्घर्ष र वर्गसङ्घर्ष चलाउने हुनुपर्यो । यसप्रकारको पार्टी भयो भने त्यसले वास्तविक रूपमा जनताको नेतृत्व गर्न सक्छ र क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न सक्छ ।

क्रान्तिका लागि आवश्यक पर्ने दोस्रो अवस्था भनेको यसप्रकारको क्रान्तिकारी पार्टीको मातहतमा लालसेना हुनुपर्यो । जनताको आफ्नो सेना छैन भने उसको आफ्नो भत्रे केही हुँदैन भत्रे माओको वैज्ञानिक भनाइलाई गहिरो गरी मनन गर्ने हुनुपर्यो । यो सेना वास्तवमा देशको सत्ता हातमा लिनसक्ने र त्यसलाई परिचालन गर्नसक्ने हुनुपर्यो । हामीले यो कुरा ध्यान दिनु आवश्यक हुन्छ– वास्तवमा सैन्य कला नभएको पार्टी जनताको रक्षा गर्ने पार्टी हुन सक्दैन । सैन्य कला नभएको युवा वास्तविक अर्थमा कुशल सङ्गठक, कुशल राजनीतिज्ञ, कुशल योद्धा हुन सक्दैन र त्योसँग समाजवादी आन्दोलनको विकास र रक्षा गर्ने तागत पनि हुन सक्दैन । यो पनि कारण हुनसक्छ– सङ्गठनको मुख्य रूप जनसेना र सङ्घर्षको मुख्य रूप सशस्त्र सङ्घर्ष हुन पुग्छ भनिएको ।

विश्वका कुनै पनि मुलुकमा सेना नभैकन सेनाले टिकाएको पुँजीवादी सत्ता अन्त्य गर्न सकिएला भनेर सोच्नु मूर्खताबाहेक केही होइन । हाम्रो पार्टीसँग वैचारिक सामीप्य राख्ने देशभित्र र बाहिरका अरू केही पार्टीहरूसँगको हाम्रो मतभेद यसैमा केन्द्रित रहेको छ । ती पार्टीहरूले कार्यनीतिको आवरणमा सेना निर्माण गर्नुपर्ने पहिलो राजनीतिक अथवा पहिलो रणनीतिक कामलाई राजनीतिको कार्यनीतिपछिको सहायक काम बनाउँदै आएका छन् । यसका पछाडि उनीहरूमा एक प्रकारको जड बुझाइले काम गरेको छ । त्यसको पहिलो कुरा के हो भने लेनिनले धेरै सेना नबनाईकन रुसमा क्रान्ति सम्पत्र गर्नुभयो भत्रे गलत प्रकारको शिक्षा छ । यो कुरा मोहनविक्रम, निर्मल लामा हुँदै सबै कम्युनिस्टहरूले प्रशिक्षण गरे जुन कुरा तथ्यहरूले बताउँछन्– शतप्रतिशत गलत हो ।

तथ्यहरूले बताउँछन्– रुसको विशिष्ट स्थितिमा जार सरकारको सैन्य कमान्डर रहेका करिब १५० भन्दा बढी शीर्ष जनरलहरूले बोल्सेभिक क्रान्तिको समर्थन गरेका थिए । यसमा नेभी, आर्टिलरी, इन्फेन्ट्रीको शीर्ष सैन्य नेतृत्व थियो । उनीहरूको नेतृत्वमा दसौँ हजार जार सेनाका कमान्डर र सिपाहीहरूको सहयोगमा रुसी अक्टोबर क्रान्ति सम्पत्र भएको थियो । माओको नेतृत्वमा चिनियाँ क्रान्ति पनि सेनाबिना सम्भव हुन सक्दैनथ्यो र रुसको जस्तै विधि र तरिकाले चीनमा सेना बत्र नसक्ने अवस्था देखेपछि माओले त्यतिबेलाको शक्ति सन्तुलनको चिनियाँ विशिष्टतामा दीर्घकालीन जनयुद्धको माध्यमबाट सेना निर्माणको काम पूरा गर्नुभयो । रुसमा लेनिन र चीनमा माओले तर्जुमा गर्नुभएको रणनीति र कार्यनीतिको योग एउटै थियो– सर्वहारा वर्गको सत्ता प्राप्त गर्न लालसेना निर्माण गर्ने ।

नेपाली कम्युनिस्टका अग्रजहरूले दिएको अर्को गलत शिक्षा र उनीहरूको मस्तिष्कमा विकास भएको अर्को जड के हो भने नेपालजस्तो अर्धसामन्ती–अर्धऔपनिवेशिक वा अहिलेको नवऔपनिवेशिक देशमा हुने लडाइँ दीर्घकालीन जनयुद्ध हुन्छ । यहाँ क्रान्तिकारीहरूले नबुझेको कुरा के हो भने दीर्घकाल प्रक्रिया प्राकृतिक नियम हो । त्यो हरेक वस्तुमा आआफ्नै प्रकारले लागू हुन्छ । मानिस जन्मनेबित्तिकै स्कुल जाने हुँदैन । आमाको काखमा पिसाब गर्दै बामे सर्ने, ताते गर्दै हिँड्न र बोल्न सिक्ने र अनिच्छापूर्वक क–ख पढ्ने र रुँदै स्कुल जाने अनि खुसीका साथ मेहनत गर्ने, अनुसन्धान गर्ने र मानिसलाई नयाँ बाटो देखाउने, यो एउटा विज्ञानको नियमसम्मत विधि र दीर्घकालिक चक्रमा विकास हुने प्रक्रिया हो ।

क्रान्तिका सन्दर्भमा पनि यही प्रक्रिया लागू भइरहेको हुन्छ र क्रान्तिकारी आन्दोलन पनि जन्म, विकास र विजयको दीर्घकालिक प्रक्रियामा चलिरहेको हुन्छ । तर कुनै खास देशमा कस्तो प्रकारको लडाइँ आवश्यक हुन्छ भत्रे कुरा देशको तत्कालीन शक्ति सन्तुलनमा भर पर्ने कुरा हो । नेपालको राजनीतिक, आर्थिक र फौजी सन्तुलनको अहिलेको अवस्थामा हामीले एकीकृत सैन्य कार्यदिशाका रूपमा संश्लेषण गरेका छौँ । एकीकृत जनक्रान्तिको कार्यदिशा नै एकीकृत सैन्य कार्यदिशा हो । यो तथ्यलाई हाम्रा कमरेडहरूले राम्रो गरी बुझ्नु आवश्यक छ ।

क्रान्तिका निम्ति आवश्यक पर्ने तेस्रो कुरा भनेको प्रतिक्रियावादी सत्तामा चरम सङ्कट हो । प्रतिक्रियावादी सत्तामा सङ्कट नआईकन र सत्ताको विघटन नभईकन क्रान्ति सम्पत्र हुन सक्दैन । नेपालजस्तो देशमा मात्र होइन, अहिलेको साम्राज्यवाद र समाजवादी क्रान्तिको युगमा विश्वका सबै देशहरूमा यसप्रकारको सङ्कट बारम्बार आइरहेको हुन्छ ।

देशहरू जति विकसित भए त्यहाँ त्यति नै धेरै सङ्कट पैदा भएको हुन्छ । यो पुँजीवादको पतनशीलताको विशेष चरित्र हो । लेनिनले भत्रुभएको थियो, ‘यो सोच्नु गलत हुनेछ– पतनशीलताको रुझान पुँजीवादी तीव्र उत्पादनको कमी हो । यस्तो हुँदैन । साम्राज्यवादी युगमा उद्योगका केही शाखाहरू, बुर्जुवा वर्गको केही तह र केही देशहरूमा कहिले कुन र कहिले कुन गरी कम वा बेसी यो रुझानप्रति बेइमानी गरेको हुनसक्छ । समग्रमा, पुँजीवादले पहिले कहिल्यै नभएको भन्दा तीव्र गतिले विकास गर्छ तर यो विकास सामान्यतया धेरैभन्दा धेरै असमान हुने गर्छ । विशेषतः यो असमानता ती देशहरूमा देखापर्छ जुन देशहरू धेरैभन्दा धेरै धनी बनेका छन् (जस्तो बेलायत) ।’
(लेनिन भोलुम २२, पृ ३००)

अहिले यसप्रकारको पतनको दिशामा संयुक्त राज्य अमेरिका रहेको छ जो भित्रैदेखि राजनीतिक, वैचारिक, आर्थिक र सांस्कृतिक स्खलनको चरम अवस्थामा पुगेको छ । विश्व–साम्राज्यवादमा आउने यसप्रकारको सङ्कटले विश्वका हरेक देशहरूलाई प्रभाव पारिरहेको हुन्छ जसको कारण यसप्रकारको पतन नेपालमा पनि आइरहेको हुन्छ र यो निरन्तरको प्रक्रिया हो ।

यी तीन अवस्थाको संयोजनमा क्रान्ति सम्पत्र हुनसक्छ । हरेक कम्युनिस्टले यो कुरामा विशेष ध्यान दिन आवश्यक छ– हामीले शीघ्र विजयको अभिलाशामा आफैँ छिट्टै क्रान्ति हुन्छ भत्रे अभिप्रायले होइन, हाम्रो सचेत पहलकदमी र जनताको सचेत सहभागिताले छिटोभन्दा छिटो क्रान्ति सम्पत्र गर्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टीमा न शीघ्र विजयको मानसिकता छ, न हाम्रा तत्कालीन नेताहरू प्रचण्ड–बाबुरामहरूप्रतिको प्रतिशोध ।

हामीसँग एउटै विषय केन्द्रित छ– कम्युनिस्टको ऐतिहासिक जिम्मेवारीप्रतिको जिम्मेवारीबोध । त्यो हो, विजयको सत्रिकट पुगेको जनयुद्ध किन पराजित भयो र त्यसलाई सफल पार्नका लागि वैचारिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, प्राविधिक क्षेत्रमा कहाँ विकास गर्नुपर्छ र वैज्ञानिक समाजवाद स्थापना गर्ने सम्पूर्ण मुक्तिकामी नेपाली जनताको अभिलाशा कसरी पूरा गर्न सकिन्छ । पार्टीका सदस्यहरूले, क्रान्तिकारी कार्यकर्ताहरूले पार्टीको यो मर्मलाई ठीक तरिकाले पकड्न सकेनन्, त्यसलाई ठीक तरिकाले व्यवहार गर्न सकेनन्, त्यसले ऐतिहासिक जिम्मेवारीलाई ठीक तरिकाले बहन गर्न सकेनन् भने त्यसबाट एक दिन निस्कने परिणाम क्रान्ति होइन, पलायन हुन पुग्छ ।

पार्टी शुद्धीकरण र पलायनको सम्बन्ध

कतिपय कमरेडहरूमा पलायनको समस्या देखापर्नुको कारण पार्टीले कार्यान्वयन गरेको शुद्धीकरणको प्रभव हो कि भत्रे देखिन्छ । शुद्धीकरणलाई पचाउन नसक्ने कमरेडहरूमा कि शुद्धीकरणको सारलाई बुझ्न नसक्ने कमरेडहरूमा यो समस्या देखापरेको हुनसक्छ । शुद्धीकरण र पलायनको सम्बन्धमा पनि केही प्रकाश पार्नु आवश्यक देखिन्छ ।

हामीले पार्टीको पुनर्गठन गरेपछि स्वाभाविक रूपमा पार्टीभित्र हजारौँ प्रकारका विचलनहरू प्रवेश गरेका थिए , जुन विचलनहरू प्रचण्डहरूको संसद्वादमा प्रवेशसँगै पार्टीभित्र मौलाएका थिए । हाम्रो पार्टी पनि यही दलाल पुँजीवादी सत्ताको छातीमा खेल्नुपर्ने, लड्नुपर्ने र यसैलाई बदलेर अगाडि बढ्नुपर्ने हुनुका कारण यो सत्ताको आर्थिक आधार र राजनीतिक, सांस्कृतिक उपरिसंरचनाका हजारौँ–लाखौँ नकारात्मक प्रभाव स्वाभाविक रूपमा कम्युनिस्ट कार्यकर्तामा पर्ने थियो, पर्यो जसको कारण पार्टीभित्र अनेक प्रकारका अराजकताहरू मौलाउन थाले ।

पार्टीको जुझारु प्रतिष्ठामाथि व्यापार गर्दै चन्दा उठाउने र क्रान्तिको हितमा भन्दा व्यक्तिगत सम्पत्तिका रूपमा प्रयोग गर्ने, पार्टीका सूचनाहरू दुस्मनसम्म पुर्याउने र पार्टीका महत्वपूर्ण योजनाहरू असफल पार्ने, वर्गसमन्वयको नीति अपनाउने र आफ्नो स्वार्थका लागि राजनीतिक विषयको अपव्याख्या गर्ने, अध्ययन र अनुसन्धानमा रुचि नराख्ने र टपरटुइयाँ विधिमा पार्टी सञ्चालन गर्ने, वर्गसङ्घर्षका विषयमा आत्मसुरक्षावादी नीतिको वकालत गर्ने र घुमाइफिराइ वर्गसङ्घर्षका विरुद्ध खडा हुने, प्रविधिको प्रयोगमा अराजकता ल्याउने र पार्टीको संवेदनशीलतामाथि खेलबाड गर्ने, पार्टीको कार्यदिशा एकीकृत जनक्रान्ति हो त भत्रे तर त्यसको सार र रूपका बारेमा जनतालाई प्रस्ट गर्न नसक्ने र त्यसबारे चासो पनि नदिने, नेता र कार्यकर्ताको सम्बन्धलाई हाकिम र कारिन्दाको जस्तो व्यवहार गर्ने, पार्टी सदस्यहरूका बीचमा नजिक र टाढाको पक्षपातपूर्ण व्यवहार गर्ने, एक नेताका विरुद्ध अरू नेता वा कार्यकर्ताहरूको परिचालन गर्नेजस्ता तमाम समस्याहरू पार्टीभित्र देखापरे ।

आठौँ केन्द्रीय समितिको दस्ताबेजमा पार्टीभित्र देखिएका समस्याहरूलाई यसरी उजागर गरिएको छ, ‘खासगरी पार्टीमा अवसरवाद, पलायनवाद, वर्गसमन्वयवाद, तदर्थवाद, टुक्रे चिन्तन, अर्थवाद देखापरिरहने अवस्था बन्यो । कुरा क्रान्तिको गर्ने, व्यवहार आफ्नो तुच्छ स्वार्थ पूरा गर्ने दोहोरो चरित्र अकल्पनीय रूपले फैलियो । निजी स्वार्थका लागि पार्टीका मूल्य, मान्यता, विचार, चरित्र कुनै मतलब नगर्ने, तुच्छभन्दा तुच्छ कार्य गर्न पनि तयार हुने प्रवृत्तिहरू मौलाए ।

पार्टीले राजनीतिक सङ्घर्ष र वर्गसङ्घर्षमा जतिबेला उचाइ हासिल गर्छ, त्यही बेला यस्ता प्रवृत्तिहरूले जनता, कार्यकर्ताको भावनामा चिसो पानी खन्याउने तुच्छ कार्य गरिरहने स्थिति रह्यो । कतिपय कमरेडको उमेर तथा स्वास्थ्य अवस्थाका समस्याहरू पनि देखापरे । यी कुराहरूले पार्टीको रूपान्तरण अनिवार्य आवश्यकताबोध गरायो ।’ यी समस्याहरूको निराकरण नगरीकन पार्टी अगाडि बढ्नसक्ने स्थिति भएन । त्यसकारण पार्टीको तत्कालीन स्थायी समितिको बैठकले अत्यन्त सुझबुझका साथ शुद्धीकरण अभियान सञ्चालन गर्नुपर्छ भनेर निर्णय गर्यो । शुद्धीकरण केन्द्रीय समितिको आठाँै बैठकको दस्ताबेजमा उल्लेख गरएको ‘हाम्रो शुद्धीकरण अभियान, क्रान्तिका लागि सुदृढ पार्टी, सुदृढ पार्टीका लागि शुद्धीकरण र शुद्धीकरणद्वारा पार्टीको रूपान्तरण भन्ने सिद्धान्तमा आधारित छ र हुनुपर्छ’ भनिएजस्तै यही उद्देश्य पूरा गर्नका लागि सञ्चालन गरियो ।

शुद्धीकरण अभियान कसरी सञ्चालन गर्ने ? यसको विधि र नीतिका बारेमा हामीले छलफल गर्यौँ र हामी एउटा वैज्ञानिक निष्कर्षमा पुग्यौँ– पार्टीलाई सुदृढ नगरीकन शुद्धीकरण हुन सक्दैन । पार्टी शुद्धीकरण गर्नका लागि पहिलो काम पार्टीलाई सुदृढ गर्नुपर्छ र पाटीलाई सुदृढ गर्नु भनेको शुद्धीकरण गर्नु पनि हो ।

शुद्धीकरण र सुदृढीकरणका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । पार्टीलाई सुदृढ गर्नका लागि केन्द्रीय समितिका केही कमरेडहरूलाई विभागीय जिम्मा दिने र केहीले केन्द्रीय समितिको जिम्मा लिने । त्यसो गर्दा त्यतिबेला मौजुदा केन्द्रीय समितिको करिब एकतिहाइ सदस्यहरूलाई विभागीय कामको जिम्मा दिने र दुईतिहाइले पार्टीको सङ्गठनात्मक काम गर्ने निक्र्योल भयो । त्यसअनुसार सबै कमरेडहरूको जिम्मेवारी तय भयो । यसमा हामीले ध्यान दिएको तथ्य के हो भने निश्चित रूपमा प्रतिबन्ध र दमनका कारण बदलिएको परिस्थितिमा परिचालित हुनसक्ने क्षमताअनुसारको जिम्मेवारी लिनुपर्छ भत्रे निक्र्योल गरियो ।

त्यतिका सदस्यहरूको कार्यविभाजन गरेपछि सबै सदस्यहरू केन्द्रीय सदस्य मात्र रहने, स्थायी समिति र पोलिटब्युरो विघटन गर्ने भनियो र कार्यालय सञ्चालनका लागि सचिवालयको गठन गरियो । यसो गर्दा पार्टीको कार्यक्षमतामा विकास हुनसक्छ भत्रे निक्र्योल भयो । क्षमताअनुसारको काम र कामअनुसारको जिम्मेवारी दिने नीति बनाइयो ।

क्रान्तिका पक्षमा केन्द्रीय सदस्यदेखि जिल्ला, गाउँ र सेल समितिसम्मका सदस्यहरूको पार्टी र क्रान्तिप्रतिको लगाव, इमानदारी, इतिहास र वर्तमानको पूर्ण रक्षा गर्ने र पार्टीको केन्द्रदेखि सेलसम्म पार्टीभित्र देखिने खराबीहरूका विरुद्ध आत्मसङ्घर्ष गर्न प्रेरित गर्ने नीति बन्यो । यो नै पार्टीले तय गरेको वैज्ञानिक नीति हो ।

यो विषयलाई कतिपय कमरेडहरूले बङ्ग्याएर व्याख्या गरेको देखियो । केन्द्रीय समितिमा खराब प्रबृत्ति भएकाहरू मात्र शुद्धीकरणमा परेका हुन् भन्ने प्रचार गरेको पनि देखियो । यी समस्याहरू निश्चित रूपमा पार्टीमा देखिएका हुन् र यसकै कारण र यिनै प्रवृत्तिलाई निर्मूल र नियन्त्रण गर्नका लागि शुद्धीकरणको आवश्यकता भएको हो तर के कुरा बिल्कुल सत्य होइन भने यी समस्या भएका कमरेडहरूलाई कारबाही गरिएको होस् ।

जुन समस्याहरू पार्टीभित्र देखापरे यसलाई सचेतपूर्ण तरिकाले समाधान गर्न शुद्धीकरण अभियान चाहियो र शुद्धीकरणका लागि पहिलो सर्त पार्टीको सुदृढीकरण गरियो । तर जहाँ गलत तरिकाले प्रचारबाजी गरिएको हुन्छ त्यहाँ कहीँ न कहीँ अवसरवाद लुकेको देखापर्छ, कहीँ न कहीँ, कुनै न कुनै प्रकारको गड्बडी लुकेको आभास हुन्छ । यी विषयहरूलाई सबै कमरेडहरूले आत्मसमीक्षा गर्नुपर्छ । तर यो विषयको राम्रो सम्प्रेषण हुन नसक्दा वा राम्रो गरी बुझ्न नसक्दा केही कमरेडहरूमा घटुवा भएको, कारबाही गरिएको भानको विकास भएको हो कि भत्रे देखिन्छ ।

त्यस्तै गरी पार्टी शुद्धीकरणका सन्दर्भमा हामीले जिल्ला समिति र केन्द्रीय समितिका बीचको सम्बन्ध र बीचमा बनेको ब्युरो, कमान्डजस्ता अस्थायी संरचनाका बारेमा पनि वैचारिक शुद्धीकरण गर्ने निर्णय गर्यौँ । पार्टीमा प्रवेश गर्नेबित्तिकै जिल्ला सदस्यको माग गर्ने, जिल्ला सदस्य हुनेबित्तिकै ब्युरो र कमान्डको माग गर्ने र पदहरूलाई यसरी बुझ्ने– त्यो जिम्मेवारी बहन गर्नेभन्दा बढुवा भएको हो । हामीले यसप्रकारको सोचाइलाई शुद्धीकृत गर्नुपर्ने भयो जस अनुुसार अहिले पार्टीका संरचना सेल, वडा, गाउँ–नगर, जिल्ला र केन्द्र हुन्छन् । बीचमा बनेका ब्युरो र कमान्डहरू केवल हुलाकी समितिहरू हुन्छन् ।

कमान्ड र ब्युरो पार्टीमा बढुवाका लागि होइन, केन्द्र र जिल्लाको संयोजनका लागि बनाइएका अस्थायी संरचनाहरू हुन् भनेर स्पष्ट गरियो र हामीले ब्युरोमा रहने सदस्यहरू जिल्लाका सेक्रेटरी र इन्चार्ज, प्रमुख, जवसका संयोजक मात्र हुने भन्यौँ र उनीहरूको कार्यकारी समिति जिल्ला नै हुने र ब्युरो केन्द्रको परिपत्र, योजना प्राप्त गर्ने चौपारी मात्र हुने भन्यौँ ।

यसले विधि लागू गर्दा कतिपय ब्युरो सदस्यका रूपमा रहेका सदस्यहरूले अहिले जिल्लाको सदस्यका रूपमा रहनु पर्दा पार्टीले कारबाही गर्यो, घटुवा ग¥यो र ब्युरोको सदस्य हुन दिएन भत्रे संशय पैदा गरेको देखापर्छ । यसप्रकारको सोचाइ र बुझाइ राख्ने कमरेडहरूमा पलायन हुने प्रवृत्ति देखापर्छ । यस विषयमा पनि सबै कमरेडहरूले पार्टीको वैज्ञानिक विधिलाई पकड्न र आफ्ना सोचाइहरूलाई परिष्कृत गर्न आवश्यक छ ।


(२०७६ माघ १९, आईतवार) ०८:५५ मा प्रकाशित

Exchange Rate

Nepali Patro