प्रदेश सांसद राजिब गुरुङलाइ तमुधिंको प्रश्न “तपाइँ माननीय कि हाननीय ?”

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ १०, शुक्रबार) ०६:२४

एउटा तमु (गुरुङ) को छोरो भएर अर्को गुरुङको छोरालाई कुटपिट गरेको खबरले आक्रोशित बनेको गुरुङ समाजहरुको नेतृत्वकर्ता तमुधि नेपालले गण्डकी प्रदेशका सांसद राजिब गुरुङ उर्फ दिपक मनाङ्गेलाई ” तपाइँ माननीय कि हाननीय” भनेर प्रश्न गरेको छ।

तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेशका सांसद राजिब गुरुङ उर्फ दिपक मनाङ्गेलाई यस्तो प्रश्न गरेका हुन्।

तमु धिं नेपालका आजीवन सदस्य समेत रहेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि सांसद मनाङेले मङ्‍गलबार मुख्यमन्त्री कपको उद्घाटनकै बेला मुक्का हानेको घटनाको बिरोध गर्दै विज्ञप्तिमार्फत कुटपिट गर्ने सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेमाथि कानुनी कारबाहीको माग पनि गरेको छ।

कानुन बनाउने जिम्मेवार गण्डकी प्रदेशसभा सदस्य माननीय राजिव गुरुङले कानुन हातमा लिदै गुरुङमाथि कुटपिटमा उत्रनु खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुटपिटपछि माननीय गुरुङले पत्रकार सम्मेलन समेत गरी विधिको शासन तथा कानुनी राज्यको खिल्ली उडाउदै धाक धम्की दिनु झन् आपत्तिजनक छ। गुरुङले कानुनी राज मान्छन् कि मान्दैनन्? उनी माननीय हो कि कानुन हातमा लिएर थप्पड हान्ने हाननीय बन्नुभएको हो प्रश्न उब्जिएको छ।’ सांसद गुरुङको गतिविधिले सर्वसाधारण जनतामा समेत त्रास फैलिएको तमु धिंको निष्कर्ष छ। प्रदेश सांसद दिपक मनाङ्गे बारे तमु धिंको प्रेस विज्ञप्ति

प्रदेश सांसद दिपक मनाङ्गे बारे तमु धिंको प्रेस विज्ञप्ति


(२०७६ माघ १०, शुक्रबार) ०६:२४ मा प्रकाशित

Exchange Rate

Nepali Patro