पैसाले प्रभावित पारेको राजनितीकाकारण नेपालमा भ्रष्टाचार बढेको टिआईको निष्कर्ष

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ १०, शुक्रबार) ०४:२०

नेपालमा झन्डै दुई तिहाई सहितको कम्युनिष्ट सरकार भए पनि पैसाले प्रभावित पारेको राजनितीकाकारण भ्रष्टाचारलाई मलजल भएको एक अध्ययनले देखाएको छ।

बिस्वभर हुने भ्रस्ताचार्संग सम्बन्धित बिषयमा अध्ययन गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले गत वर्ष नेपालमा गरेको अध्ययनमा यस्तो देखिएको हो।

ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचाकांक -२०१९’मा गरिएको विश्लेषणका आधारमा यस्तो निष्कर्ष निकालिएको हो। सूचाकांकमा थोरै सुधार भएपनि नेपाल भ्रष्टचार व्याप्त मुलुकको सूचीमा कायम रहेको छ।

सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता अनुरुप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समूहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्याहरुमा सुधार हुन सकेको छैन।

ट्रान्सपरेन्सी इन्टरनेशनलले शक्ति पृथकीकरणको प्रवर्द्धन, पक्षपातरहित बजेट र सेवामा सरोकारवालाहरुको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, स्वार्थको द्वन्द्वमा सम्बोधन, निर्णय प्रक्रियामा सरोकारवालहरुको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृतिहरुको अन्त्य तथा नागरिक, सामाजिक अभियन्ता र पत्रकारहरुको सशक्तिकरण जस्ता विषयको सम्बोधनबाट भ्रष्टाचार नियन्त्रण गर्न र राजनीतिप्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार सरकारी तहमा हुने भ्रष्टाचारबाट जनतामा राज्यका निकायहरूप्रतिको गिर्दो विश्वास हटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्ने देखिएको छ। दलको चुनावी खर्चमा चन्दा र सहयोगबाट सिर्जना हुने भ्रष्टाचार तथा राजनीतिक व्यवस्थामा पर्ने पैसाको प्रभाव अन्त्य गर्नुपर्ने उनको धारणा छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका निर्देशक प्याटिसिया मोरियाले भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुन नसक्दा यसको गम्भीर नकारात्मक असर धेरै देशका नागरिकमा परेको बताएका छन्। भ्रष्टाचार नियन्त्रण गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन राजनीतिमा पैसाको प्रभाव घटाउनुपर्ने उनको तर्क छ। निर्णय प्रक्रियामा आम नागरिकको प्रतिनिधित्व हुन जरुरी रहेको मोरियाको भनाइ छ।


(२०७६ माघ १०, शुक्रबार) ०४:२० मा प्रकाशित

Exchange Rate

Nepali Patro