मदरसाका दुई छात्रामाथि यौन दुर्ब्यबहार, बिद्यालयका प्रअ मियाँ भागे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ माघ १०, शुक्रबार) ०३:४४

दुई छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि विराटनगर उपमहानगरपालिका वडा नम्बर ८ स्थित अशोक चोकमा रहेको इस्लामिक बिद्यालय ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का प्रधानाध्यापक (मौलवी) अमरुद्धिन मियाँ फरार भएका छन् ।

सो बिद्यालयका दुई छात्राले जिल्ला प्रहरी कार्यालय मोरङमा विद्यालयका’का मौलवी मियाँले मंगलबार र बुधबार आफुहरुलाई गृहकार्य देखाउनका लागि अफिसमा बोलाएर जवरजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी दिएका थिए ।

आफुलाई यौन दुरब्यबहार गर्न लाग्दा प्रतिकार गरी भागेको बताउने १३ वर्षिया एक छात्राले घटना कसैलाई सुनाए बुबा-आमाको बदनाम गरिदिने धम्की दिएका थिए।

विद्यालयका’का मौलवी मियाँको धम्कीकाकारण बिहीबार बिहान विद्यालय नगएकी ती बालिकाले घरपरिबारबाट बिद्यालय जान केही दबाब दिएपछि मात्र उनले आफूमाथि यौन दुर्ब्यबहार भएको बताएकी थिइन।

बालिकाले आफूमाथि भएको यौन दुर्ब्यबहार भएको सुनाएपछि  स्थानीय र बालिकाका अभिभावक जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर उजुरी दिएका थिए । १३ वर्षीय बालिकाले जाहेरी दिएपछि सोही मदरसा पढ्ने १४ वर्षीया बालिकाले पनि जाहेरी दिएकी छन् ।

पिडित दुई बालिकाले जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएपछि मियाँलाई पक्राउ गर्न पुगेको प्रहरी उनलाई नेभेटे पछी रित्तो हात फर्किएको थियो।  मियाँले आफूविरुद्ध दुई छात्राले उजुरी दिएको छाल पाएपछि घर छाडेर भागेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले त्यस घटना बारेमा बालिकाको जाहेरी आएपछि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

स्थानीयबासीका अनुसार यसअघि पनि मौवलीविरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको थियो ।


(२०७६ माघ १०, शुक्रबार) ०३:४४ मा प्रकाशित

Exchange Rate

Nepali Patro