वीरगञ्ज कारागारमा चक्कु प्रहारः पाँच कैदी घाइते

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ पुष ११, सोमबार) ००:२१

वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । चक्कु प्रहारबाट घाइते हुनेमा कारागारमा रहेका वीरगन्जको घडीअर्वा घर भएका कैदी राजन बानियाँ , बृजकिशोर शर्मा, आरिफ मियाँ, दीपेन्द्र सुमन र जयराम लामा पनि घाइते भएका छन् । पण्डितले उनीहरुको हात, पाखुरा र शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर घाइते बनाएका छन् । चक्कु प्रहारबाट गम्भीर घाइते बानियाँको अवस्था गम्भीर छ ।

तीन महिना पहिले झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका रौतहटको पिपरीया घर भएका कैदी पनिलाल पण्डितले बानियाँको गर्दनमा अन्धाधुन्द चक्कु प्रहार गरि घाइते बनाएका हुन् ।  गम्भीर घाइते बानियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि नेशनल मेडिकल कलेजमा लगिएकोमा थप उपचारका लागि काठमाडांै लैजान रिफर गरेको पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताए ।

चक्कु प्रहार गर्ने पण्डित भूमीगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका पूर्वकार्यकर्ता रहेको श्रोतले जनाएको छ । अपहरण, शरीर बन्धक, धम्की तथा चन्दा असुली मुद्धामा उनले कैद सजाय भोगिरहेका पण्डित तीन महिना पहिले मात्र झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका थिए। यस्तै घाइते बानियाँ पनि शरीर बन्धक तथा अपरण मुद्धामा अदालतले दोषी ठहर गरेका कैदी हुन् ।

अन्य घाइते कैदीहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचार गरी कारागारमै फर्काइएको कारागारको सुरक्षार्थ खटिएको नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक मोहन थापाले जानकारी दिए ।

कारागार परिसरमै कैदी बन्दीले क्रिसमस मनाइरहेका बेला आइतबार साँझ पौने पाँच बजे पण्डित अचानक तरकारी काट्ने चक्कुले संगै रहेका बानियाँको गर्दनमा प्रहार गरेपछि कैदीबन्दी बीच भागाभाग भएको थियो ।

कैदीमाथि चक्कुले आक्रमण गर्ने पण्डितको बेलाबेलामा मानसिक सन्तुलन बिग्रने गरेको र उनले औषधि पनि सेवन गर्दै आएको प्रहरी नायव निरीक्षक थापाले जानकारी दिए । घटनापछि चक्कु प्रहार गर्ने पण्डितलाई कारागार भित्रकै छुटटै कोठामा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

६ सय कैदी बन्दी अटाउन सक्ने क्षमता रहेको वीरगञ्ज कारागारमा अहिले एक हजार दुई सय ३९ जना कैदीबन्दी रहेको कारागारका जेलर दण्डपानी गौतमले बताए ।


(२०७३ पुष ११, सोमबार) ००:२१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना