सरकार बिरोधी प्रदर्शनमा सहभागी भएको भन्दै तेहरानमा बेलायती राजदूत पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २७, आईतवार) २०:१६

युक्रेनी विमान दुर्घटनाका पीडितले गरेको श्रद्धाञ्जली सभा तथा प्रदर्शनमा सहभागी भएको भन्दै इरानका लागि बेलायती राजदूत रब मकेय तेहरानमा पक्राउ परेका छन् । राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ परेका थिए। उनलाई इरानी सुरक्षाकर्मिले तीन घन्टासम्म आफ्नो नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ।

 इरानी सेनाले भुलबस गरेको आक्रमणमा परेको उक्त युक्रेनी विमान दुर्घटनाका मृतकका आफन्त तथा पीडितले त्यसको बिरोधमा तेहरानमा प्रदर्शन गरेका छन् । जहाँ बेलायती राजदूत पनि सहभागी भएको इरानी पक्षले जनाएको छ । साथै प्रदर्शनलाई भड्काएकोमा पक्राउ गरिएको इरानी अधिकारीहरुले जनाएका छन् ।

बेलायतले भने यस्तो घटनालाई अन्तर्राष्ट्रि कानुनको ठाडो उल्लंघन भन्दै आपत्ति जनाएको छ । विदेशमन्त्री डोमिनिक राबले विज्ञप्ति निकाल्दै इरानले विना जानकारी र विना कारण आफ्ना राजदूतलाई पक्राउ गरेकोमा विरोध जनाए । ‘

अमेरिकी फौजको आक्रमणमा इरानी कमाण्डर कुसाम सुलेमानी मारिएपछि इरानमा आक्रोश बढेको छ । यससँगै युक्रेनी विमान दुर्घटनामा इरानले ‘भूलवश् खसेको’ प्रतिक्रिया दिएपछि पीडितले कारवाहीको माग गरेका छन् ।


(२०७६ पुष २७, आईतवार) २०:१६ मा प्रकाशित

Exchange Rate

Nepali Patro