बिप्लव कार्यकर्ता भन्दै तीन जना मजदुर पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २५, शुक्रबार) १६:४७

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोप लगाउदै कास्की प्रहरीले तीन जना मजदुरहरुलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका मध्ये दुई जना सामान्य रंगरोगनको काम गर्ने मजदुर हुन् भने अर्का एक जना ट्रेकिंग क्षेत्रमा भरियाको काम गर्ने मजदुर हुन्।  प्रहरी हिरासतमा रहेका लोकेन्द्र राई र हिट्टान मगर घरमा रंगरोगनको काम गर्ने मजदुर हुन् भने बिकास सुनार ट्रेकिंग भरिया हुन्। बिकास सुनार नयाँ बस्ती टोल बिकास संस्थाका पुर्व अध्यक्ष समेत हुन।

उनीहरुलाई शुक्रबार बिहानै ४ बजे पोखरा महानगरपालिका वडा नम्बर १४ नयाँ वस्तिस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

उनीहरुको पक्राउका बारेमा जिल्ला प्रहरी कार्यालय कास्कीले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन।


(२०७६ पुष २५, शुक्रबार) १६:४७ मा प्रकाशित

Exchange Rate

Nepali Patro