जन्मदर्ता गर्न दुईलाख रुपियाँ घुस : वडा सचिव मिश्र रङ्गेहात पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २३, बुधबार) १८:१७

दुई लाख रुँपैया घुस लिएर जन्मदर्ता गरिदिएको आरोपमा सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ परेका छन् ।

मंगलबार साँझ ५ राजविराज नगरपालिका – २ स्थित एक चिया पसलमा सेवाग्राहीको जन्मदर्ता बनाई दिने भन्दै २ लाख रुँपैया घुस लिने क्रममा मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

अख्तियारको क्षेत्रिय कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालले  सेवाग्राहीसँग जन्म दर्ता प्रयोजनका लागि २ लाख रुँपैया घुस मागेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले वडा सचिब मिश्रलाई रैगेहात पक्राउ गरेको जानकारी दिए  । सेवाग्राहीको नाम भने तत्काल भन्न नमिल्ने उनको भनाई छ । मिश्रलाई थप अनुसन्धानका लागि क्षेत्रिय कार्यालय ल्याइएको आयोगले जनाएको छ ।


(२०७६ पुष २३, बुधबार) १८:१७ मा प्रकाशित

Exchange Rate

Nepali Patro