विद्यालय हाताभित्र शिक्षक र नेताहरुको खुल्लमखुल्ला मासु र रक्सीको भोज (हेर्नुस भिडियोमा )

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २३, बुधबार) १७:५२

महोत्तरीको गौशाला नगरपालिका-३ स्थित राष्ट्रिय आधारभूत विद्यालय नवराजपुरको हाताभित्र शिक्षक नेताहरुले खुलमखुला मासु र रक्सीको भोज गरेको भिडियो सार्वजनिक भएको छ।

शिक्षकले आयोजना गरेको भनिएको सो भोजको भिडियोमा मदिराले शिक्षकहरु लठ्ठिएर भोजपुरी गीतमा नाचगान गरिरहेका देखिन्छ। शिक्षकहरु मदिरामा लठ्ठिएर अश्लिल गीतमा नाचेको र तास खेलेको भिडियोमा देखिन्छ।

विद्यालय परिसरमै फालिएको मदिराको खाली बोतलको छेउमा स-साना विद्यार्थी खुला चौरमा अध्ययन गर्नमा व्यस्त थिए। सो भोजमा विद्यालयका प्रधानाध्यापक वंशीधरप्रसाद साह पनि सहभागी छन् । विद्यालयमा सञ्चालन भएको दिवा खाजाको भान्छाकोे भाडाबर्तन, साउण्ड बक्स प्रयोग भएको बताइएको छ।

अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन गौशालाका शिक्षक नेताले विद्यालयमा मदिरा पार्टी गरेका थिए। विद्यालय जस्तो पवित्रस्थलमा मदिरा पार्टी गरिएको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई कानुन अनुसार कारवाही गरिने जनाएको छ। मंगलबार नगरपालिकाका मेयर, नगरपालिकाका कर्मचारी, वडाअध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सम्मिलित बैठकले स्कुलमा रक्सी र मासुको भोज खाएर कानुन विपरित काम गर्ने शिक्षकलाई कारवाहीको लागि नगर शिक्षा समितिमा पेश गर्ने निर्णय गरेको छ।

विद्यालयलाई अनुचित कार्यको लागि प्रयोग गरेको पाइएपछि गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोको टोलीले स्थलगत अनुगमन गरेर कारवाही प्रक्रिया अघो बढाएका छन्।

 


(२०७६ पुष २३, बुधबार) १७:५२ मा प्रकाशित

Exchange Rate

Nepali Patro