मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाहीका यादव पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २३, बुधबार) १५:३६

प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाहीको बरहथवाका मिटरब्याजी रामबाबु राय यादवलाई प्रहरील पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय, सर्लाहीले यादवलाई बुधबार हरिपुरबाट पक्राउ गरेको हो ।

यादवसँग ऋण लिएर पीडितहरू न्याय माग्दै काठमाण्डौं पुगेको भोलि पल्टै प्रहरीले यादवलाई पक्राउ गरेको हो । ऋण प्रवाह गर्दा चर्को ब्याज असुल गरेको, ऋण बुझाई सक्दा पनि कपाली तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्टीबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको जस्ता गुनासो बोकेर ५० जना भन्दा बढी पीडित सङ्घीय राजधानी काठमाडौं पुगेका छन् ।

पीडितले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, गृह सचिव पे्रमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग भेट गरी न्याय दिलाई दिन माग गरेका छन् ।

अर्का मिटरब्याजी सर्लाही ब्रह्मपुरीका सञ्जय साह रौनियारबाट पीडित भएकाहरू पनि न्याय माग्दै काठमाडौं पुगेका छन् । सर्लाहीका मिटरब्याजी श्याम परदेशी पीडितहरु न्याय माग्दै काठमाडौं पुगेको एक महिनापछि मिटरब्याजी रामबाबु राय यादव र सञ्जय साह रौनियारबाट पीडितहरु पनि सङ्घीय राजधानी नै पुगेका थिए ।

पीडितको उजुरीका आधारमा सर्लाही मलङ्गवा निवासी मिटर ब्याजी श्याम परदेशी अहिले पूर्पक्षका लागि कारागारमा थुनामा छन् ।


(२०७६ पुष २३, बुधबार) १५:३६ मा प्रकाशित

Exchange Rate

Nepali Patro