चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको मेडिकल सञ्चालक प्रसाईंको आरोप

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २३, बुधबार) १५:२४

बी एण्ड सी मेडिकलका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीमाथि २० करोड घुस मागेको आरोप लगाएका छन् ।

प्रसाईंले काठमाडौंमा पत्रकार सम्मेलन गरी बी एण्ड सीलाई सम्बन्धन दिन यति ठूलो रकम मागेको आरोप लगाएका हुन् ।

मंसिर १५ गते द्धारिका होटलमा उपाध्यक्ष गिरीलाई भेटेका प्रसाइले ‘माथिका नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै अध्यक्ष गिरीले आफुसंग २० करोड रुपियाँ मागिएको दाबी गरे।  त्यति मात्र हैन अध्यक्ष गिरीले झापामा रहेका आफ्नो सम्धिको नाममा  १० प्रतिशत शेयर पास गरिदिन भनेको आरोप पनि लगाए।

आफुसंग घुस मागेको प्रमाण नरहेको स्वीकार गर्ने प्रसाईले आफुसंग घुस मागेको बारे अध्यक्ष गिरीसंग प्रत्यक्ष कुरा गर्न सक्ने जिकिर गरे।  उनको भनाई थियो, ‘मैले रेकर्ड गरिनँ । तर म फेस टु फेस बसेर कुरा गर्न तयार छु । मेरो सामुन्ने घुस मागेको होइन भनेर कसरी भन्नसक्नुहुन्छ ?’

प्रसाईंकाअनुसार गिरीले घुस मागेको विषयमा उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई जानकारी गराएका थिए ।

बी एण्ड सीलाई सम्बन्धन दिनुपर्ने, नभए कलेजको सम्पत्ति राज्यले नै किन्नुपर्ने प्रसाईंको माग छ ।


(२०७६ पुष २३, बुधबार) १५:२४ मा प्रकाशित

Exchange Rate

Nepali Patro