इरानको तेहरान बिमानस्थलमा युक्रेन इन्टरनेशनलको जहाज दुर्घटनाग्रस्त (भिडियोमा हेर्नुस)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २३, बुधबार) १०:४६

इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको समाचार आएको केही घण्टा हुन् नपाउंदै इरानको राजधानी तेहरानमा युक्रेन इन्टरनेशनलको जहाज दुर्घटनामा परेको छ।

१८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ।

इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि जहाज दुर्घटनामा परेको हो।

दुर्घटनामा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका भिडिओमा उक्त जहाज हल्लिँदै आएर जमिनमा बजारिएको देखिन्छ।

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन ।

इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’

 

 


(२०७६ पुष २३, बुधबार) १०:४६ मा प्रकाशित

Exchange Rate

Nepali Patro