बाल यौन दुराचारको आरोपी पिटर छुटाउन क्यानडाद्वारा ‘कूटनीतिक दौडधुप’

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ पुष २३, बुधबार) १०:०१

बाल यौन दुराचारको मुद्दामा २१ महिनादेखि काभ्रे कारागारमा रहेका क्यानेडियन नागरिक पिटर डलग्लिसको पक्षमा सुनुवाइ गर्न क्यानडा सरकारले ‘कूटनीतिक सक्रियता’ देखाएको छ । दिल्लीस्थित क्यानडेली उच्चायुक्त कार्यालयमार्फत क्यानडाको विदेश मन्त्रालयका उच्च पदस्थ कर्मचारीले ‘अस्वाभाविक कूटनीतिक सक्रियता’ देखाएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ०७४ चैत २४ मा काभ्रेको मण्डन देउपुर नगरपालिका–१ स्थित घरबाट पिटरलाई दुई बालकसहित पक्राउ गरेर मुद्दा चलाएको थियो । उक्त मुद्दामा २३ असारमा जिल्ला अदालत काभ्रेले अभियुक्तलाई नौ वर्ष कैद सजाय फैसला गरिसकेको छ । पिटर संयुक्त राष्ट्रसंघ (यूएन) अन्तरगतको विश्वभर अधिकारबाट बन्चित बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्थाका पूर्व उच्च अधिकारी हुन्।

जिल्ला अदालतको फैसलाविरुद्ध पिटर पाटन उच्च अदालत गएका छन् । हाल बहस जारी रहेका बेला अभियुक्तका पक्षमा अनावश्यक कूटनीतिक सक्रियता देखिएको हो ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दिल्लीस्थित उच्चायुक्त कार्यालयले ‘आफ्ना नागरिक पिटरका हकमा बाँकी कैद क्यानडामै भुक्तान गर्ने गरी बुझाउन’ आग्रहसहितको कूटनीतिक नोट हालै पठाएको छ ।

नेपाल र क्यानडाबीच कैदीबन्दी आदानप्रदानसम्बन्धी अन्तरदेशीय सम्झौता नभएको भन्दै परराष्ट्र मन्त्रालयले उसको अनुरोधलाई अस्वीकार गरिसकेको ती अधिकारीले जानकारी दिए । उच्चायुक्त कार्यालयले पिटरको मुद्दामा देखाएको कूटनीतिक सक्रियताको यो शृंखलामा उच्चायुक्त कार्यालय र क्यानडास्थित विदेश मन्त्रालयले परराष्ट्रबाहेक महान्यायाधिवक्ता कार्यालय र कानुन मन्त्रालयमा समेत पत्राचार गरेको स्रोतले जानकारी दिएको छ ।

२३ असारमा जिल्ला अदालत काभ्रेमा पिटरको मुद्दाको अन्तिम फैसला हुँदा उच्चायुक्त कार्यालयका मिनिस्टर काउन्सिलर अमान्डा स्ट्रोहन र महावाणिज्यदूत भेरोनिक देशहाइस नै उपस्थित भएका थिए । उनीहरूलाई ‘इजलासमा उपस्थित हुने व्यवस्था मिलाइदिन’ दिल्लीस्थित क्यानडेली दूतावासले ०७६ असार १८ मा परराष्ट्र मन्त्रालयलाई कूटनीतिक नोट नै लेखेको थियो ।

उक्त कुराकानीमा पिटरको मुद्दामाथि क्यानडाको ग्लोबर अफेयर्सका कार्यकारी निर्देशक पिटर कोलाकोभिक, डन भ्याली वेस्टका सांसद रोवर्ट ओलिफेन्टदेखि महावाणिज्यदूत भेरोनिक देशहाइससम्म जोडिएका छन् । पिटरलाई छुटाउन क्यानडा सरकारको कुन तहसम्म सक्रिय देखिन्छ भन्ने प्राप्त कागजातले बुझाउँछन् ।

संयुक्त राष्ट्रसंघ (यूएन) अन्तरगतको विश्वभर अधिकारबाट बन्चित बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्थाका पूर्व उच्च अधिकारी ६० वर्षीय क्यानेडियन नागरिक पिटर

कान्तिपुर दैनिकबाट साभार


(२०७६ पुष २३, बुधबार) १०:०१ मा प्रकाशित

Exchange Rate

Nepali Patro