कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर २४, मंगलवार) १०:२७

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

केही समय अघि मात्र बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरो सदस्य पद छाडेर सत्तारुढ नेकपामा प्रवेश गरेको घोषणा गरेका बिनोद सोनामले कास्की प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

फेदीखोला गाउँपालिका वडा नं. १ स्याङ्जा घर उनले आफ्नो उजुरीमा आफुलाई बिप्लवको कार्यकर्ता भन्दै उपनिर्वाचन बिरोधि गतिबिधि गरेको झुट्ठा आरोप लगाइएको उल्लेख गरेका छन्।

गएको मङ्सिर २१ गते राति १० बजे पोखरा महानगरपालिका वडा नम्बर १६ तल्लो दिप स्थित  आफ्नो डेराकोठाबाट गिरफ्तार गरिएकोमा आफुलाई बिना पक्राउ पुर्जी थुनामा राखिएको उजुरीमा जिकिर रहेको छ। तर त्यस दिन जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको बिज्ञप्तिमा उनलाई पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित सिद्धार्थचोकबाट गिरफ्तार गरिएको जानकारी दिइएको थियो।

उपनिर्वाचन अन्तरगत उम्मेद्वारी मनोनयन गर्ने दिन गिरफ्तार गरिएका सोनामलाई बिप्लव नेतृत्वको ने.क.पा.का समाचार र प्रहरीका देशभरका गतिबिधि अपडेट गर्ने फेसबुक एकाउन्ट #तनहुँ समाचार तनहुँ समाचरले उनी अत्याधुनिक हतियार चाइनिज पेस्तोल र तीन थान गोली पनि बरामद गरेको उल्लेख गरेको थियो।

बाहिर जे जस्ता समाचारहरु सार्वजनिक भए पनि जिल्ला प्रहरी कार्यालय कास्कीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाएको थियो।  उनी २५ दिनको प्रहरी हिरासत बसाइबछि गएको मङ्सिर १५ गते एकहजार रुपियाँ धरौटी राखेर छुटेका थिए।

बिनोद सोनामले मानव अधिकार आयोगमा दिएको उजुरी

जिल्ला प्रशासन कार्यालय कास्कीमा एकहजार रुपिया धरौटी राखेर छुटेका उनले रास्ट्रीय मानब अधिकार आयोगको पोखरामा उजुरी दिएका छन्।  उनले आफ्नो मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको जनाउदै एसपी कार्कीलाई कारवाहीको माग गरेका छन् भने पीडक एसपी कार्कीबाट उचित क्षतिपुर्ति दिलाईदिन पनि अनुरोध गरेका छन्।

सत्त्तारु नेकपामा प्रवेश गर्दै बिनोद सोनाम
सत्त्तारुढ नेकपामा प्रवेश गर्दै बिनोद सोनाम

तात्कालीन अवस्थामा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लमजुङ सेक्रेटरी समेत रहेका गण्डक ब्युरो सदस्य बिनोद सोनामले लमजुङ्गको बेशिशहरमा गएको साउन २२ गते आयोजित एक कार्यकरमका बीच पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेको घोषणा गरेका थिए।  उनलाई सत्तारुढ नेकपा लमजुङ्गका सदस्य कृष्णप्रसाद अधिकारीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

त्यति बेला बिनोदलाई गत असार ९ गते पोखराबाट पक्राउ गरी सार्वजनिक मुद्दा लगाएको थियो । धरौटीमा रिहा भएपछि राज्यद्रोहको मुद्दामा साउन ८ गते लमजुङ प्रहरीले हिरासतमा राखेको थियो र साउन २२ गते हिरासतमुक्त भएका थिए।  हिरासतमुक्त भए लगत्तै उनले पार्टी परित्यागको घोषणा गरेका थिए। 


(२०७६ मंसिर २४, मंगलवार) १०:२७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना