सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर २४, मंगलवार) ०७:११

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो प्रतिबेदनमा मौलिक अधिकार कागजमा मात्र सीमित रहेको निष्कर्ष निकालिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा सरकारले मौलिक हक कार्यान्वयनको वाचा गरे पनि पूरा नगरेको तथ्यलाई उजागर गरेको छ।

सरकारका कमजोरी र प्रशासनिक लाचारीका कारण मौलिक हक मिचिएको प्रतिवेदनमा उल्लेख छ । संविधानले व्यवस्था गरेका विषयगत आयोग गठन गर्ने काम पनि हुन नसकेको आयोगले बताएको छ । संविधानतः गठित आयोग र मानवअधिकार आयोगबीचको क्षेत्राधिकार सम्बन्धमा कतिपय प्रश्न अनुत्तरित रहेको प्रतिवेदनमा उल्लेख छ । संक्रमणकालीन न्यायको मुद्दा ज्युँका त्युँ हुँदा पीडितले न्याय पाउन नसकेको विषयलाई आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

संघ, प्रदेश र स्थानीय सरकारका साझा अधिकारबारेका कानुन नबनेकाले पनि नागरिकले अधिकार नपाएको आयोगको भनाइ छ । आयोगलाई सरकारले असहयोग गरेकामा पनि प्रतिवेदनमा असन्तुष्टि जनाइएको छ । ‘संघीय संरचनाअनुसार आयोगले तय गरेको आयोगको सांगठिनक संरचना करिब डेढ वर्षदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएको छ,’ प्रतिवेदनमा भनिएको छ ।


(२०७६ मंसिर २४, मंगलवार) ०७:११ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना