अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर २०, शुक्रबार) १६:०६

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त निलम्बन गरी छानबिन हुन्छ।  तर माथिल्लो दर्जाका अधिकारीहरु ठुलै अनियमिततामा संलग्न देखिए पनि छानबिनका नाममा अल्झाएर राख्ने गरेको देखिन्छ।

ठिक त्यस्तै भएको छ, आर्थिक अनियमितताको आरोप लागेका नेपाल प्रहरीका एआइजी धीरु बस्नेत माथिको कारबाही ६ महिना बित्दा पनि टुंगिएको छैन । बस्नेत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुँदा अनियमितताको आरोप लागेपछि उनलाई त्यहाँबाट हटाएर छानबिन थालिएको थियो ।

प्रहरी मुख्यालयमा दरबन्दी राखेर एआइजी बस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा खटाइएको छ । अनियमिततासम्बन्धी उजुरी प्रधानमन्त्री कार्यालयमै पुगेपछि उनलाई हटाइएको थियो ।

ठेक्कामा कमिसन मागेको तथा बजेटसमेत दुरुपयोग गरेको खुलेपछि उनीमाथि थप छानबिन थालिएको छ । तर, छानबिन हाल अलपत्र रहेको स्रोत बताउँछ । प्रहरी प्रवक्ता एसएसपी विश्वराज पोखरेलले एआइजीमाथिको छानबिनबारे जानकारी नभएको बताए । स्रोत नया पत्रिका दैनिक


(२०७६ मंसिर २०, शुक्रबार) १६:०६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना