घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर २०, शुक्रबार) १४:४६

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् ।

अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको सार्वजनिक भएपछि रिजाललाई छानविनका लागि काठमाडौं तानिएको  हो ।

सिडियो रिजालले अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तहरु दोलखाको मेलुङ गाउँपालिका-४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार तथा कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेर मुद्दा नचलाउने निर्णय गरेको समाचार सार्वजनिक भएको थियो ।

सार्वजनिक समाचारमा दुई घटनाका ३ जना अभियुक्तलाई धरौटीमा रिहा गर्न दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले लिएको एक लाख २५ हजार रुपैयाँ घुस रकम फिर्ता गरेको अभियुक्त र उनका आफन्तले दाबी गरेका थिए । बुहारीलाई तातोपानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबु/छोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले घुस रकम लिएको आरोप लागेको हो।

कालिञ्चोक गाउँपालिका–१, कालिञ्चोकका तामाङले प्रजिअ रिजालले मंसिर १७ गते १४ हजार रुपैयाँ धरौटी रसिद काटेर लिएको र बाँकी ३५ हजार रकम बिनारसिद लिएर घर्रामा राखेको दाबी गरे।

उदिम तामाङ र इन्द्रबहादुर तामाङलाई सार्वजनिक सुरक्षा मुद्दामा आवश्यक अनुसन्धानपछि प्रहरीले मंसिर १७ गते मंगलबार प्रशासनमा मुद्दा बुझाएको थियो। पटके मुद्दाका आरोपी मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानले प्रजिअ रिजालले धरौटीमा रिहा गर्न भनि एक लाख रुपैयाँ लिएर १० हजार रुपैयाँको धरौटी रसिद दिएको बताए।

बिहीबार दिउँसो दुवै घटनाका अभियुक्त र उनीहरूको आफन्तलाई प्रशासन कार्यालयमा बोलाई प्रजिअको क्वाटरमा लगेर पैसा फिर्ता गरेको अभियुक्तले दाबी गरेका छन्।


(२०७६ मंसिर २०, शुक्रबार) १४:४६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना