न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर १९, बिहीबार) १५:०४

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बस्ने अबको परिषद बैठकले वैदिकको नाममा सिफारिस गर्ने तयारी भैरहेको समाचार स्रोतको दाबी छ ।

उनलाई न्याय परिषदमा सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा २०७३ कात्तिक १९ गते न्यायपरिषद सदस्य नियुक्त गरिएको थियो ।

सर्वोच्च अदालतमा एउटा न्यायाधीश पद रिक्त छ । न्यायाधीश केदार चालिसे यही मंसिर ४ गते अवकाश भएपछि उनको ठाउँमा वैदिकलाई न्यायाधीश बनाउने गरी राजीनामा गराइएको स्रोतले जनाएको छ ।

यसैबीच, न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेको भन्दै नेपाल बारले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। अनौपचारिक बैठकपछि बिहीबार बारले विज्ञप्ति निकाल्दै तत्काल न्यायाधीश सिफारिस रोक्न मागसमेत गरेको हो।

‘न्यायपरिषद्को सम्मान र मर्यादा कायम राखी जनआस्थामा अभिबृद्धी गर्ने कुरामा न्यायपरिषद्का सदस्यहरु जिम्मेवार र जवाफदेही हुनुपर्नेमा आफै सर्वोच्चको न्यायाधीश बन्न कोशिश गरिराखेको भन्ने व्यहोराका समाचारप्रति नेपाल बारको गम्भीर ध्यानाकर्षन भएको छ’ विज्ञप्तिमा भनिएको छ,‘परिषद्का सदस्य आफूले आफैलाई न्यायाधीश बनाउन लविङ गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न सकिन्न।’

न्यायपरिषद्ले न्यायपालिकाको गरिमा घटाउने गरी न्यायपरिषद्का सदस्यलाई न्यायाधीश नियुक्ति गर्ने पद्धत्ति गलत भएको उक्त विज्ञप्तिमा जनाएको छ। संविधानको धारा १५३ बोमोजिम गठित न्यायपरिषद्को काम कर्तव्य र अधिकार संविधान र न्यायापरिषद् ऐन २०७३ बोमोसिजम हुनुपर्ने भनाइ बारको छ।

न्यायपरिषद्का सदस्यहरुले न्यायपालिकाको स्वतन्त्र, स्वच्छता र गरिमा कायम राख्ने कुरामा जानकार हुनुपर्ने भनाईसमेत बारको छ। परिषद् स्रोतका अनुसार आज बिहानै सर्वोच्चको न्यायाधीश सिफारिसको लागि परिषद् सदस्य पदम वैद्यले राजिनामा दिएका छन्। वैद्यलाई न्यायाधीश नियुक्तीका लागि आजै सिफारिस गर्ने तयारी गरिएको छ।


(२०७६ मंसिर १९, बिहीबार) १५:०४ मा प्रकाशित

Exchange Rate

Nepali Patro