महिला प्रहरीमाथि यौन दुर्ब्यबहार गर्ने एसएसपी राणालाई कारवाहीको सिफारिश

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर १९, बिहीबार) १०:१२

गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानबिन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । एक महिला प्रहरीको उजुरीका आधारमा मन्त्रालयले प्रारम्भिक छानबिन गरी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

आफ्नो घरबार बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध गत २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । एक महिला प्रहरीमाथि दुव्र्यवहार गर्दै आएकोसमेत उजुरीमा उल्लेख छ । सोही घटना सार्वजनिक गरे मारिदिने धम्की दिएको उजुरीमा उल्लेख छ ।

उजुरी परेपछि गृहले गोप्य रूपमा छानबिन गरेको थियो । छानबिनका क्रममा एसएसपी राणा काममा भन्दा पार्टीमा रमाइलो गर्ने र सुनसरी क्षेत्रका खराब मान्छेसँग संगत रहेको पाइएको गृहका एक अधिकारीले बताए । एसएसपी राणाले भने महिलाले आफूविरुद्ध उजुरी दिएकोबारे जानकारी नभएको बताए । नयाँ पत्रिकाबाट साभार


(२०७६ मंसिर १९, बिहीबार) १०:१२ मा प्रकाशित

Exchange Rate

Nepali Patro