पत्रकार आश तमु छुटेकै दिन पोखराबाट अर्का पत्रकार साउद फेरी गिरफ्तार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर १७, मंगलवार) २२:५१

राजनीति डट कमका सहसम्पादक आश तमु हाजिरी जमानीमा रिहा भएकै दिन पोखराबाट आज अर्का पत्रकार राजन साउद फेरी गिरफ्तार भएका छन।

ईझझल्को डट कमका सहसम्पादक साउदलाई आज कास्की जिल्ला अदालत परिसरबाट गिरफ्तार गरेको हो।  यस अघिको मुद्दामा तारिख लिन अदालत पुगेका बेला उनलाई वडा प्रहरी कार्यालय बैदाम पोखराको प्रहरी टोलीले गिरफ्तार गरेको हो।

गएको जेठ २५ गते घान्द्रुकको उरीमा आयोजित अखिल क्रान्तिकारीको संयुक्त बैठकस्थलबाट उनीसहित ने.क.पा. कास्कीका तात्कालिन सेक्रेटरी आक्रोश लगायत २२ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो।  त्यतिबेला उनी लगायतका बिद्यार्थी नेताहरु उच्च अदालत पोखराको आदेशमा रिहा भएका थिए।

रिहा भएको केही समयपछि जिल्ला प्रहरी कार्यालयमा राखिएको आफ्नो मोबाइल लिन गएका बखत उनलाई कास्की प्रहरीले फेरी गिरफ्तार गरी रुपा गाउपालिकास्थित एनसेल टावरमा आक्रमण गरी क्षति पुर्याएको आरोप लगाएको थियो।  त्यस मुद्दामा पत्रकार साउदलाई जिल्ला अदालत कास्कीले तारेखमा छाडेको थियो। सोही तारेख लिन गएका बखत प्रहरीले उनलाई अदालत परिसरबाटै गिरफ्तार गरेको हो।

यसैबीच जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य एबम कास्की जिल्ला संयोजक रमाकान्त बास्तोलाले एक प्रेस विज्ञप्ति जारी गरी आफ्नो संगठन कास्की जिल्ला सदस्य तथा इ-झझल्को डट कमका सह -सम्पादक पत्रकार राजन साउदलाई मंगलबार गिरफ्तार गरिएकोमा आपत्ति जनाउदै बिना सर्त रिहाईको माग गरेका छन्।


(२०७६ मंसिर १७, मंगलवार) २२:५१ मा प्रकाशित

मुख्य समाचार

सबै

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

महिला प्रहरीमाथि यौन दुर्ब्यबहार गर्ने एसएसपी राणालाई कारवाहीको सिफारिश

गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानबिन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । एक महिला.....

Exchange Rate

Nepali Patro