कुल पुजा गर्न हिडेका यात्री चढेको जीप बागलुङको भिमगिट्ठेमा दुर्घटनाग्रस्त , १४ जनाको मृत्यु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर १७, मंगलवार) १४:४७

गुल्मी जिल्लाको ईस्माबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड गाउपालिका ७ भिङगिठे घोपर्नास्थित बडीगाड खोलामा खसेर दुर्घटना हुँदा ९ जना महिला, ४ पुरुष र एक बालक गरी १४ जनाको मृत्यु भएको छ

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक झविन्द भट्टराईका अनुसार,मृत्यु हुनेहरु निसीखोला गाउपालिका २ देविस्थान बायाँखोला देवाली (कुलपूजा)मनाउन आउदै गरेका यात्रुहरु रहेका थिए।

दुर्घटनामा मृत्यु भएका मध्ये १० जनाको पहिचान खुलेको छ। गुल्मी जिल्ला इश्मा -५ वस्ने वर्ष २६ को चालक रेशम थापा, ऐ.ऐ. दोवाटा वस्ने वर्ष ४० को बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगा वस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को भुमा कार्कि, बागलुङ बडिगाड ७ वस्ने वर्ष ५५ को नरमाया खत्रि, गुल्मी इश्मा ४ वस्ने वर्ष ४० को सिता कार्कि, इश्मा ४ वस्ने ६५ को झवि कार्कि, ऐ.ऐ. बस्ने वर्ष ४५ कि भुमि कार्कि, ऐ.ऐ. बस्ने वर्ष २५ को मिना वस्नेत, ऐ.ऐ. वस्ने वर्ष ६५ को धन बहादुर कार्कि को पहिचान खुलेको छघाइते हुनेहरुमा नवलपरासी वर्दघाट २ वस्ने वर्ष १८ को जीवन कार्की, गुल्मी इश्मा गापा वडा नं. ४ वस्ने वर्ष ८ को हिमाल कार्की, र सोहि स्थानमा वस्ने वर्ष २४ को निमा केसि रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनी वस्ने ६५ वर्षको धन बहादुर कार्की रहेको प्रहरीले जनाएको छ। घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको छ।।

गुल्मीको इश्मा दोहोली पैयापाटाबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा दिवाली पुजाको लागी हिँडेको जीप मध्यपहाडी लोकमार्गदेखि करिब ३ सय ५० मिटर तल बडीगाड नदीमा खसेको हो ।


(२०७६ मंसिर १७, मंगलवार) १४:४७ मा प्रकाशित

मुख्य समाचार

सबै

महिला प्रहरीमाथि यौन दुर्ब्यबहार गर्ने एसएसपी राणालाई कारवाहीको सिफारिश

गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानबिन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । एक महिला प्रहरीको उजुरीका.....

तरकारी व्यापारीसँग दैनिक घुस लिने असई दाहाल रंगेहात समातिए

भारतबाट ल्याउने तरकारी चेकजाँच नगर्ने भन्दै तरकारी व्यापारीसँग घुस लिने एक जना जुनियर प्रहरी अधिकृत रंगेहात समातिएका छन्। बिराटनगरको केसेलियामा ११ जनाको सिआरबी टोलीको नेतृत्व.....

सिमा मिचिएको बिषयमा भारत मौन : न कुटनीतिक नोटिसको जवाफ न सरकारी दूतलाई भेट

लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचिएको भन्दै नेपाल सरकारले भारत सरकारलाई पठाएको कुटनीतिक नोटिसको न त् भारत सरकारले जवाफ दिएको छ, न भारतीय प्रधानमन्त्रीसंग वार्ता गर्न खटिएको नेपाल.....

Exchange Rate

Nepali Patro