प्रधानमन्त्रीको गम्भीर स्वास्थ्यका कारण प्रचण्डको चीन भ्रमण स्थगित

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर १७, मंगलवार) ०६:१७

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिका बारेमा सर्वत्र चिन्ता प्रकट भएका छन्।  अरु त् अरु प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अति गम्भीर रहेको भन्दै अफवाह फैलिएको चाल पाएपछि प्रधानमन्त्री स्वयमले सोमबार दिउँसो एक भिडियो संदेश जारी गरेर आफु स्वस्थ्य हुँदै गएको संदेश जारी गरे।  तर प्रधानमन्त्रीको त्यस्तो संदेश आईरहंदा सत्तारुढ  दलका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीकाकारण आफ्नो चीन भ्रमण रोकिएको तथ्य सार्वजनिक भएको छ।

प्रधानमन्त्री ओलीसँग भेट गरेको भोलिपल्ट प्रचण्डले चिनियाँ राजदूतलाई बोलाएर आफू चीन जान नसक्ने जानकारी दिएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय नेकपाका नेताहरुको अगुवाई गर्दै मंसिर २४ गते चीन जाने कार्यक्रम थियो । चीनमा नेकपाका नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न अवलोकनहरु गर्ने कार्यक्रम थियो ।

प्रचण्डले कार्यक्रमको उदघाटन गरेर वीचैमा र्फकने गरी जान तयारी गरेका थिए । तर, सोमबार प्रधानमन्त्री ओलीलाई भेटेपछि उनले मंगलबार चिनियाँ राजदूतसँग आफू भ्रमणमा जान नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओली विरामी अवस्थामा अस्पतालमा रहेको हुनाले यस्तो बेलामा विदेश जानु उपयुक्त नहुने नेकपाका शीर्ष नेताहरुवीच छलफल भएपछि प्रचण्डले चिनियाँ राजदूतलाई परिस्थितिबारे जानकारी गराएको नेकपाको उच्च स्रोतले बतायो ।

गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री दुई साता लामो बेड रेस्ट गरिरहेका छन्। त्यसपछि उनको दोश्रो पटक मृगौला प्रत्यारोपण गर्ने तयारी भैरहेको छ। तर त्यो मृगौला प्रत्यारोपण  स्वदेशमै गर्ने कि विदेश लैजाने भन्नेमा डाक्टरहरु अझै छलफलमै छन् ।

प्रधानमन्त्री ओलीले सोमबार एक भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र बोल्न, समाचारहरु पढ्न सक्ने अवस्थामा रहेको बताएका छन् । अस्पतालबाट दिएको सन्देशमा प्रधानमन्त्रीले भनेका छन्,- ‘मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु, समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे अस्पतालबाटै दिएको सन्देशमा भनेका छन्, ‘इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुपर्‍यो । त्यसकारण उपचारका क्रममा हप्ता/दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ ।’


(२०७६ मंसिर १७, मंगलवार) ०६:१७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना