मतदानको अघिल्लो दिन बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहको सरुवा हुनुका रहस्यहरु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर १३, शुक्रबार) २०:०४

प्रमुख प्रतिपक्षी नेपाली कान्गेर्सले उपनिर्वाचनको लागि सत्तारुढ समर्थक कर्मचारीहरु मात्र निर्वाचन क्षेत्रमा चुनाब गर्न खटाएको भित्री गुनासो गरिरहेकै बखत उपचुनाबको अघिल्लो दिन उपनिर्वाचन हुने कास्की क्षेत्र नम्बर २ अन्तर्गत पर्ने केही क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डिएसपी कोमल शाहलाई काज सरुवा गरिएको छ।  उनको ठाउँमा पर्वत जिल्लाबाट डिएसपी विनोद सुवेदीलाई कार्यालय प्रमुखका रुपमा ल्याइएको छ।

निर्वाचन आचारसंहिता लागु भएपछी निर्वाचन आयोगको सहमति र समर्थन बिना कुनै पनि कर्मचारीको सरुवा गर्न मिल्दैन।  तर यस आचार संहितालाई बेवास्ता गर्दै दुई-तिहाईको कथित कम्युनिष्ट सरकारले अघिल्लो राती रातभर पर्यटकीय क्षेत्रमा ड्युटी गरेर सुतेका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहलाई बिहान उठ्नासाथ संघिय प्रहरी कार्यालय गण्डकी प्रदेशमा तानेको थियो।

डिएसपी शाहलाई घीय प्रहरी कार्यालयमा तान्नुको बारेमा त सार्वजनिक रुपमा कुनै जानकारी दिइएको छैन।  तर उनी कार्यरत प्रहरी चौकी मातहतका क्षेत्रमा चुनावका दौरान धेरै बम बिष्फोट भएको र त्यसै क्रममा गएको मंसिर्र ११ गते पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा सत्तारुढ नेकपाद्वारा आयोजित अन्तिम चुनाबी सभामा बम बिष्फोट हुनुपुर्व सुरक्षा निगरानीमा कमजोरी देखिएको आरोप डिएसपी शाहमाथि लगाइएको छ।  तर पुर्व प्रधानमन्त्री भैसकेका र सत्तारुढ नेकपाको अध्यक्ष समेत रहेका प्रचण्ड सहभागी कार्यक्रममा बम बिस्फोट हुँदा पनि सम्पूर्ण जिल्लाको जिम्मेवारी पाएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीलाई भने कुनै कारवाही गरिएको छैन। उनको पनि यस उप्निर्वाचन सकिए लगत्तै सरुवा हुनसक्ने समाचार स्रोतको दाबी छ।

कास्की जिल्ला प्रहरी प्रमुख एसपी कार्की प्रचण्डका अति निकट मानिन्छन भने डिएसपी शाह प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेको मानिन्छ।

वडा प्रहरी बैदाम मातहत पर्ने पोखरा महानगरपलिकाका ११ वटा वडाहरु मध्ये २१, १७, ७,८ र ९ नम्बर वडामा कास्की क्षेत्र नम्बर दुई अन्तरगतको उपचुनाब हुदैछ। स्वर्गीय रबिन्द्र अधिकारीले जितेको यस क्षेत्रमा जसरी नि जित्ने पर्ने दाउमा रहेको समाचारस्रोतको दाबी छ।  यदि सत्तारुढ नेकपाले जितेमा वडा नम्बर २१ र १७ को मत निर्णायक हुने निर्वाचनमा सहभागी पार्टीहरु स्वयमले बताउने गरेका छन्।  तर वडा नम्बर २१ मा वडाध्यक्ष बनेका खगराज आचार्यको कार्यशैलीप्रति सत्तारुढ नेकपाकै केही कार्यकर्ताको असन्तुष्टि रहेको छ र त्यसको यस उपचुनाबमा प्रभाव पर्नसक्ने आंकलन गरिएको छ।

वडा नम्बर १७ र ९ मा रहेका सुकुम्बासीहरुको मत कता जान्छ भन्नेमा पनि यस चुनाबमा जितहारको निर्णय हुने बताइन्छ।  बिगतको चुनाबमा रबिन्द्र अधिकारी उम्मेदवार हुँदा पोखरा बसपार्कस्थित सहारा प्राविमा तात्कालीन माओवादी केन्द्रले एकतर्फी मत खसालेको थियो।  अहिले दुवै पार्टी एक भएर चुनाब लडेको अवस्थामा अधिकांश मत त्यस क्षेत्रबाट सत्तारुढ नेकपालाई जाने दाबी गरिएको छ।  तर बिगतका सरकारहरुले आफ्नो समस्या समाधान गर्नमा खासै पहल नगरेको र महंगी नियन्त्रण नगर्दा आफूहरुको दैनिकी असहज बन्दै गएको भन्दै त्यहाँस्थित सुकुम्बासीहरुको असन्तुष्टि कायमै रहेको बताइन्छ।

वडा नम्बर ८ मा पनि सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताहरु माझ एकरुपता छैन।  पार्टी एकिकरंपश्चात पार्टीको वडा कमिटिको अध्यक्ष बनेकी तात्कालीन माओवादी केन्द्रकी नेता लक्ष्मी सुबेदीलाई तात्कालिन एमालेका नेताहरुले त्यति धेरै मान्यता दिएका छैनन्। उनीहरुले सुबेदीको अस्तित्वलाई सहज तरिकाले स्वीकार गरेको अवस्था छैन।

उता पाको र इमान्दार नेतालाई उम्मेदवार दिएको दाबी गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७७ वर्षीय बृद्ध नेता खेमराज पौडेलप्रति अन्य आरोप नलागेपनि आराम गर्ने उमेरमा उम्मेद्वारी दिएको भन्दै ब्यापक टिप्पणी हुने गरेको छ । पोखरामा आयोजित अन्तिम चुनाबी सभामा बोल्दै सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले देबघाटमा गएर आराम गर्ने उमेरमा चुनाब लडेको भन्दै कांग्रेसी उम्मेदवार पौडेललाई होच्याएका थिए।  अध्यक्ष प्रचण्डको यस अभिव्यक्तिको सर्वत्र बिरोध भएको थियो र पोखराका बृद्धहरु बिरोधमा सडकमा नै उत्रिएका थिए।

चुनाब जित्ने प्रचुर सम्भावना रहेको भनिएकी रबिन्द्र पत्नी एबम सत्तारुढ नेकपाकी उम्मेदवार बिध्या भट्टराईलाई सोही पार्टीका माधव नेपाल पक्षधरहरुको असहयोग रहेको सत्तारुढ नेकपाभित्र टिप्पणी हुने गरेको छ।

यस्तो अवस्थामा वडा प्रहरी कार्यालय बैदाम प्रमुख डिएसपी कोमल शाहको सरुवा गरिनु रहस्यमय मानिन्छ।

यसैबीच सरकारले आचार संहिता बिपरित डिएसपीको सरुवा गरेर निर्बाचन प्रभाबित पार्न खोजेको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सिता गुरुङसहितको टिमले बिहीबार गृहमन्त्री रामबहादुर थापा र प्रमुख निर्बाचन आयुक्त दिनेश थपलियासंग भेटेर यसबारे जानकारी गराएका थिए ।


(२०७६ मंसिर १३, शुक्रबार) २०:०४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना