विदेश भ्रमणमा रहँदै मन्त्रालय परिवर्तन, अस्पतालमा उपचार गर्दागर्दै मंत्री पद चट

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर ५, बिहीबार) ०९:००

पार्टीभित्र शक्तिसंघर्ष चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रास्ट्रपति विद्यादेबी देवी भण्डारीको उपस्थितिमा अर्का अध्यक्ष प्रचण्डसंग रास्ट्रपति निवास शितल निवासमा सरकार र पार्टी संचालन सम्बन्धि सम्झौता गरेका छन्।  अब बाँकी समयावधि पनि केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने छन् भने पार्टीको कार्यकारी अध्यक्षको भूमिका प्रचण्डले गर्नेछन।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्। ओलीले आफ्नो मन्त्रिपरिषद्मा रहेका ६ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन्।

मन्त्री पद गुमाउनेमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’, उद्योग मन्त्री मातृका यादव, श्रम मन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठ, महिला बालबालिका मन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषि राज्यमन्त्री राजकुमारी चौधरी र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव रहेका छन्। यादव समाजवादी फोरमबाट राज्यमन्त्री बनेक ाथिए।

ओलीले बुधबार अबेर मन्त्रिपरिषद् केही मन्त्री नयाँ मन्त्री थपेका छन् भने केही मन्त्रीको मन्त्रालय हेरफेर गरेका छन्।

सत्ता साझेदार समाजवादी फोरमका कार्यकारी अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थयबाट हटाइएको छ। उनलाई कानुन मन्त्री बनाइएको छ भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाइएको छ।

प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्य मन्त्रालय सम्हालिरहेका उपेन्द्र यादव विदेशमा रहेकै बेला मन्त्रालय हेरफेर गरिदिएका हुन्। यादवलाई कानुन मन्त्री बनाइएको छ भने कानुन मन्त्रालयमा रहेका भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाइएको छ। यादव हाल भारत भ्रमणमा रहेका छन्।

स्वास्थ्य ठूलो बजेट र देशभरि सञ्जाल भएको मन्त्रालय हो भने कानुन मन्त्रालय सानो बजेट भएको मन्त्रालय हो। मन्त्री यादवले सहरी विकास र स्वास्थ्य मन्त्रालय पार्टीले पाउँदा आफैँले स्वास्थ्य मन्त्रालय रोजेका थिए।

पछिल्लो समय मन्त्री यादवसँग प्रधानमन्त्री ओली खुसी थिएनन्। अधिकांश समय विदेश भ्रमणमा बिताएको तथा मन्त्रालयको काममा ध्यान नदिएको आरोप यादवमाथि थियो।

प्रधानमन्त्री ओलीले सरकारमै बसेर सरकारको विरोध गरेको भन्दै यादवसँग असन्तुष्टि पोखेका थिए।

त्यसो त समाजवादी पार्टीले सरकारमा रहने वा नरहने भन्ने विषयमा यसअघि पार्टीमा छलफल गरे पनि छाड्ने निर्णय गर्न सकेको थिएन।

त्यस्तै प्रधानमन्त्री ओलीले वीर अस्पतालमा उपचारत समाजवादी पार्टीकै राज्यमन्त्री सुरेन्द्र यादवलाई पनि हटाइदिएका छन्। यादव स्वास्थ्य राज्यमन्त्री थिए।

पहिले सफल ठानिएका अहिले असफल भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हटाएका छन्। ऊर्जामन्त्रीको रुपमा राम्रो कार्य सम्पादन गरेर नाम कमाएका गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीका दिएका दिए।तर उनी बुधबारको मन्त्रीपरिषदको हेरफेरको सिकार भएका छन्।विष्टको ठाउँमा रामेश्वर राय यादवलाई ल्याइएको छ।

यस्तै सामान्य प्रशासन मन्त्रालयको हैसियतमा रहँदा चर्चा कमाएका तर संघीय मामिला तथा संदीय सामान्‍य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विवादमा तानिएका लालबाबु  पण्डितलाई पनि ओलीले हटाएका छन्।

उनको ठाउँको चुनावका बेला सूर्य चिह्‍नमा लडे पनि आफूलाई स्वतन्त्र सांसद बताउने हृदेश त्रिपाठीलाई ल्याइएको छ।

ओलीले मन्त्रीपरिषद फेरबदल गर्ने क्रममा आफ्ना कट्टर आलोचकलाई पनि मन्त्रीको पद दिएर आलोचनाबाट बच्‍ने प्रयास गरेका छन्। पूर्व एमालेमा प्रभावशाली मानिने घनश्‍याम भुसाललाई कृषि तथा तथा पंक्षी मन्त्रालयको जिम्मा लगाइएको छ।यता, रामवीर मामन्धर जो वामदेव गौतमका लागि सांसद पद छाडन् तयार थिए, उनलाई पछि हट्न लगाएका ओलीले हाल आएर शहरी विकास मन्त्रालयको राज्‍यमन्त्री बनाएका छन्।

ओली निकट मानिने रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्रालयबाट हात धुनु परेको परेको छ जहाँ वसन्त कुमार नेमवाङ मन्त्री भएर आएका छन्।

यसैबीच प्राप्त जानकारी अनुसार, नवनियुक्त मन्त्रीहरूलाई आज बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराइने भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ ।

यस्तो छ नयाँ मन्त्रिपरिषद्

१ श्री केपी शर्मा ओली प्रधानमन्त्री

२ श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा

३ श्री उपेन्द्र यादव उपप्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिला

४ श्री रामबहादुर थापा मन्त्री गृह

५ श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र

६ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन

७ श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

८ श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ

९ श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास

१० श्री भानुभक्त ढकाल मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या

११ श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

१२ श्री योगेशकुमार भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१३ श्री शक्तिबहादुर वस्नेत मन्त्री वन तथा वातावरण

१४ श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१५ डा. युवराज खतिवडा मन्त्री अर्थ

१६ श्री मोहम्मद इश्तियाक राई मन्त्री सहरी विकास

१७ श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद

१८ श्री गोकुलप्रसाद वाँस्कोटा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि

१९ श्री पद्माकुमारी अर्याल मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

२० श्री बीना मगर मन्त्री खानेपानी

२१ श्री वसन्तकुमार नेम्बाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात

२२ श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक

२३ श्री मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

२४ श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या

२५ श्री रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास


(२०७६ मंसिर ५, बिहीबार) ०९:०० मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro