उपचुनावलाई प्रभाव पार्न कहीं कम्बल, कहीं पाइप वितरण, शिक्षक पनि सरुवा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर ४, बुधबार) ०७:४६

भनिन्छ, लोकतन्त्रमा जनताको अभिमत लिन चुनाव अनिवार्य हुन्छ।  तर संसदीय व्यवस्थामा चुनावलाई निश्पक्ष हुन् नदिन र आफ्नो पक्षमा पार्न चुनावका बेला साम, दाम, दण्ड, भेदको नीति अपनाउने गरिन्छ।

यतिबेला त्यस्तै भएको छ, उपनिर्वाचन हुन् लागेको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा।  अघिपछि नाकमुख पनि नदेखाउने, देखे पनि नदेखे जस्तो गर्ने, नेपालि जनता र्प्ग-भोक-शोकले मर्न लाग्दा पनि बेवास्ता गर्ने बिभिन्न पार्टीका नेताहरु यतिबेला बिकासको मूल फ़ुताइदिञ्छु, भन्दै घर-घर, आँगन, खेतका गरा गरामा नमस्ते गर्दै पुगिरहेका छन्।  त्यतिले मात्र नपुगेर जाडोबाट बच्नुस भन्दै गरीब जनतालाई प्रभाव पार्न कम्बल बाँडिरहेका छन् भने पानीको पाइप दिईरहेका छन्।  अरु त अरु कार्यकारी अधिकार पाएका स्थानिय तह र तिनका जनप्रतिनिधि आफ्नो पक्षका शिक्षक तथा कर्मचारीहरुलाई सरुवा गरिरहेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पोखरा महानगर, पोखरा १५ वडाध्यक्ष र संघीय समाजवादीविरुद्ध १/१ उजुरी परेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिएका छन् ।

निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ अनुसार निर्वाचन अवधिभर सम्बन्धित स्थानीय तह तटस्थ र निष्पक्ष रहनु पर्ने उल्लेख छ ।

‘निर्वाचन सम्पन्न नभएसम्म प्रचारप्रसारमा संलग्न नहुने, नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने,’ आचारसंहितामा भनिएको छ, ‘कर्मचारीलाई निर्वाचनको काममा बाहेक अन्यत्र सरुवा, बढुवा गर्न वा काजमा खटाउन हुँदैन ।’

तर, कास्की क्षेत्र नम्बर २ मा विभिन्न सरकारी तथा राजनीतिक दलले आचारसंहिताविपरीत काम गरेको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा मंगलबारसम्म ३ वटा उजुरी परेको हो ।

 कास्कीको उपनिर्वाचनलाई प्रभाव पार्नेगरि पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले त्यहाँको पट्नेरीको बस्तीमा कम्बल बितरण गरेको आरोप नेपाली कांग्रेस कास्कीले लगाएको छ । कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी पट्नेरीका १२ जनालाई वडाध्यक्ष प्रकाश पौडेलले कम्बल बितरण गर्दै आचार संहिता मिचेको दाबी गरेको हो । निर्वाचन आचारसंहिता विपरित वडा कार्यालयले कम्बल बितरण गरेको भन्दै कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

वडाध्यक्ष पौडेलले पनि सो ठाउँमा कम्बल बितरण भएको स्वीकार गरेका छन् । थ्रि एन्जल्स नामक गैरसरकारी संस्थाले कम्बल बितरण गर्ने कार्यक्रममा आफू सहभागि भएको उनले स्वीकारे । पौडेल तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

निर्वाचन आयोग कास्कीले पनि आचारसंहित उल्लंघनको उजुरी परेको जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीका अनुुसार घटनाको मुख्यनिर्वाचन अधिकृतले छानबिन गर्ने र आचरसंहिता उल्लंघन भए कारबाही हुने जानकारी दिए ।

शिक्षक सरुवा

पोखरा महानगरविरुद्ध उपनिर्वाचनको समयमा कर्मचारी सरुवा गरेको भन्दै उजुरी परेको छ । उपचुनाव हुन लागेको कास्की–२ भित्र पर्ने पोखरा – १६ मा कार्यरत २ शिक्षकलाई अन्यत्र सरुवा गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

महानगर शिक्षा महाशाखाले १ जनालाई १७ नम्बर वडा र अर्कोलाई ११ नम्बर वडामा सरुवा गरेको हो । सहायक निर्वाचन अधिकृत उपाध्यायले कार्यालयमा उजुरी परिसकेपछि छानबिन पश्चात सरुवा बदर गरिसकिएको जानकारी दिए ।

पाइप वितरण

उपनिर्वाचन आचारसंहिता विपरीत काम गरेको भन्दै संघीय समाजवादीविरुद्ध पनि उजुरी परेको छ । पोखरा – १६ अर्मलामा पानीको पाइप बाँडेको भन्दै स्थानीयले उजुरी दिएको अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।

तर, स्थानीयले दिएको उजुरीमा पाइपको फोटामात्रै देखिएको र त्यसबाहेक अरु प्रमाण पेश गर्न नसकेको बताए । ‘फोटोमा केही पाइप छन् । फोटो त जसले पनि खिच्न सक्छ । तर, खासमा के भएको रहेछ अनुसन्धान गर्दैछौं,’ उनले भने ।

प्रतिनिधि सभा सदस्य तथा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुन लागेको हो । मंसिर १४ गते हुने उपचुनावका लागि स्वतन्त्रसहित २१ जना चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।


(२०७६ मंसिर ४, बुधबार) ०७:४६ मा प्रकाशित

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro